News Griha :: न्यूजगृह
एमाले कैलालीको नेतृत्व चयनका लागि पाँच दिनपछि मतदान 

धनगढी– नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौँ दिन शुक्रबार मतदान सुरु भएको छ । सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा केहीबेर अघि मतदान सुरु भएको हो । मतदान दिउँसो १ बजेसम्म चल्नेछ ।

अधिवेशनको गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । तर यसबीचमा सर्वसम्मतिको प्रयास भन्दै पाँच दिनसम्म अलमल गरिएको थियो । प्रतिनिधिहरू विरोधमै उत्रिन थालेपछि शुक्रबार मतदान भइरहेको हो । 

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डे चुनावी मैदानमा छन् । 

प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८०  १०:०७
Weather Update