News Griha :: न्यूजगृह
माओवादी केन्द्रको स्थायी कमिटीमा नेताको कार्य मूल्यांकन गरिने
फाइल तस्बिर

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ। आजको बैठकमा पार्टीले तयारी गरिरहेको सांगठनिक अभियान र कार्यविभाजन लगायत विषयहरुमा छलफल हुनेछ।
 
यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताले स्थगित भएको थियो। बिहीबारको बैठकमा १० प्रदेशका इन्चार्जहरूले रुपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए।

बैठकमा काम गर्ने-नगर्ने नेताहरूको मूल्याङ्कन गरी पुरस्कार र सजाय घोषणा गर्ने कार्यसूची रहेको प्रवक्ता समेत रहेका पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए।

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  ०९:४१
Weather Update