काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला लगायतलाई पक्राउ गर्न दबाब दिएका छन्।
शाहीले प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी पनि दिए।
शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा उनले आफ्नो दलको कार्यक्रममा रुमलिएर संसद्मा नआउने तर दोष राप्रपालाई दिने भन्दै आक्रोश व्यक्त गरे। बालकुमारी घट्नामा दोषी देखिएका मन्त्री ज्वाला लगायतलाई पक्राउ किन नगरेको भनेर प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद् चल्न नदिने चेतावनी दिएका हुन्।
उनले भने, ‘क्यालेन्डर लागू गरिएको छ। कार्यव्यवस्था समिति बनाइएको छ। सभामुखले बेला बेला बैठक बोलाउनुहुन्छ। तपाईँहरू चाहिँ गोदावरीमा पार्टीको कार्यक्रम भनेर त्यहीँ रुमलिने र संसद्मा नआउने ? एक महिनामा चारपाँच पटक भन्दा बढी संसद् चलाउन नसक्ने अनि हामीलाई दोष दिने रु आज प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो रु हत्या गरेका हत्यारालाई पक्राउ किन नगरेको ? रोष्टमबाट जवाफ चाहिन्छ। होइन भने संसद् चल्दैन।’ सांसदले जनताका आवाज राख्दै जाने, सभामुखले टाउको हल्लाइरहने, मन्त्री र प्रधानमन्त्रीले जवाफ नदिने भए यो संसद् किन चलाउन पर्यो रु उनको प्रश्न छ। सरकारको जवाफ नआउने भए सधैँका लागि संसद्लाई छुट्टी दिएर रत्नपार्कको खुला मञ्चमा गएर भाषण गरे भइहाल्यो नि, शाहीले आक्रोश पोखे।