-1708408137.jpeg)
काठमाडौं– नेपाली कांग्रेसको महासमिति बैठक आज (बिहीबार) सकिँदैछ। फागुन ७ गतेदेखि जारी बैठकमा बिहीबार बागमती प्रदेश समितिका सभापति इन्द्र बानियाँले प्रतिवेदन पेस गरेका छन्। बानियाँको प्रतिवेदनको विरोधमा कांग्रेसका महासमिति सदस्यहरुले नाराबाजी गरेका छन्।
बानियाँले आफ्नो प्रतिवेदनमा गठबन्धनमा जोड दिएका थिए। अहिलेको निर्वाचन प्रणालीअनुसार कुनै एउटा दलको बहुमत आउने अवस्था नरहेको र सरकार बनाउनका लागि गठबन्धन आवश्यक रहेको विषय उनले प्रतिवेदनमा समावेश गरेका थिए।
प्रतिवेदनमा गठबन्धन गर्नुपर्ने विषय समावेश भएपछि त्यसप्रति विरोध जनाउँदै महासमिति सदस्यहरुले नाराबाजी गरेका थिए। त्यसपछि महामन्त्री गगन थापाले उक्त विषयमा आवश्यक सम्बोधन हुने बताएपछि सदस्यहरुको नाराबाजी रोकिएको थियो।
नाराबाजी लगाउने सदस्यहरुले गठबन्धन गर्न नहुने धारणा राखेका थिए। कांग्रेस महासमिति बैठकको समापन सत्र अहिले जारी छ।