वादविवाद र अडानको हल सदनबाटै हुन सक्दैन– सभामुख

काठमाडौं– सभामुख देवराज घिमिरेले पटक पटक प्रतिनिधि सभाको आजको कार्यसूचीमा जान विपक्षी दलका सांसदलाई गरेको अनुरोध अस्वीकार भएपछि संसद बैठक स्थगित गरेका छन्।
उनले भने, ‘वादविवाद, आफ्ना विषयमा अडान, सही गलत यही छलफल गरेर टुंग्याएर अगाडि बढ्न यहाँ सम्भव छैन। त्यसैले मैले सभाको गरिमा, सभा सञ्चालनका कमजोरी, सञ्चालनका दोष, हाम्रो दायित्व पूरा गर्न गर्नुपर्ने जिम्मेवारी के हो ? आजको कार्यसूचीमा जान सहयोग गर्न अनुरोध गर्दछु।’
सभामुखको यो प्रस्ताव पनि अस्वीकार गरेपछि १५ मिनेटलाई सभा स्थगित भएको छ।
प्रकाशित मिति: शुक्रबार, फागुन ११, २०८० १३:०९