कांग्रेस महासमिति बैठकबाट ४ वटा प्रस्ताव सर्वसम्मत रुपमा पारित

काठमाडौं– नेपाली कांग्रेसको गोदावरीमा जारी महासमिति बैठकले ४ वटा प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ।
महासमिति बैठकमा पेस भएका उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव र अर्का महामन्त्री गगन थापाको सांगठनिक प्रस्ताव पारित भएको हो। बैठकले लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखा परीक्षण प्रतिवेदनलाई पनि बिहीबार सर्वसम्मतिले पारित गरेको छ।
महामन्त्री थापाले ४ वटै प्रस्ताव पारित गरिदिन बैठकमा गरेको आग्रहलाई महासमिति सदस्यहरुले ताली बजाएर स्वागत गरेका थिए।
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८० १७:४६