News Griha :: न्यूजगृह
लगातारको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित

काठमाडौं– प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरूले सरकारविरुद्ध नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। 

विपक्षी दलहरूले सरकारले सदनलाई वेवास्ता गरेको, सभामुखले पटक पटक दिएको रुलिङलाई अन्देखा गरेको, सदनले सोधेको जवाफ नदिएको आरोप लगाउँदै सदनमै नाराबाजी गरेका थिए। 

विवादित मन्त्री राजीनामा दे, मिटरव्याज पीडितलाई न्याय दे, सहकारी लघुबित्त पीडितलाई न्याय दे, बालकुमारी घटनाका दोषीलाई कारबाही गर् भन्दै नाराबाजी गरे। 

लगातारको नाराबाजीपछि सभामुखले संयम हुन र बैठकलाई कार्यसूचीमा प्रवेश गराउन सहयोग मागेपनि सांसदहरूले नसुनेपछि १५ मिनेटलाई बैठक स्थगित गरिएको हो।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ११:४१
Weather Update