News Griha :: न्यूजगृह
संसदमा विपक्षी दलको नाराबाजी

काठमाडौं– प्रतिनिधि सभाको जारी बैठकमा विपक्षी दलका सांसदले नाराबाजी गर्न थालेका छन्। 

सरकार संसदप्रति उत्तरदायी नभएको, सभामुखले पटक पटक गरेको रुलिङको वेवास्ता गरेको आरोप लगाउँदै सांसदहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्। 

विवादित मन्त्री राजीनामा दे, मिटरव्याज पीडितलाई न्याय दे, सहकारी लघुबित्त पीडितलाई न्याय दे, बालकुमारी घटनाका दोषीलाई कारबाही गर् भन्दै नाराबाजी गरेका छन्।

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  ११:३६
Weather Update