गोकुल बाँस्कोटाको प्रश्न– सरकारले कानमा रुवा हालेर बसेको छ?

काठमाडौं– प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ। बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेपछि सभामुखले विपक्षी दल नेकपा एमालेका सांसद गोकुल बाँस्कोटालाई बोल्ने समय दिए।
बास्कोटाले भने, ‘दिन बित्यो, रात बित्यो, हप्ता बित्यो, एउटै कुरा बारम्बार उठाइरहेको। सरकारले किन केही गर्दैन ? सरकारले कानमा रूवा हालेर बसेको छ कि?’
बालकुमारी घटनाका बारेमा प्रधानमन्त्रीले पटक बोले पनि त्यस घटनाबारे अध्ययन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन खोइ भन्दै प्रश्न गर्ने।
विवादित मन्त्रीको बारेमा प्रधानमन्त्रीले आजै जवाफ दिनुपर्ने बताउँदै सांसद बाँस्कोटाले भने, ‘कि विवादित मन्त्री हटाउनु पर्यो। कि सरकारको जवाफ चाहियो।’
प्रकाशित मिति: सोमबार, फागुन १४, २०८० ११:१९













