News Griha :: न्यूजगृह
भारतले भन्यो— सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला
भारतले भन्यो— सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरण परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन्।नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने बताए।
किन ‘कमजोर’ मन्त्रालयमै चित्त बुझाएर प्रचण्ड सरकारमा सहभागी भयो एमाले? 
किन ‘कमजोर’ मन्त्रालयमै चित्त बुझाएर प्रचण्ड सरकारमा सहभागी भयो एमाले?  एमालेले मन्त्रालय छनोटका हिसाबले मात्रै होइन, सरकारमा पार्टीको नेतृत्वको विषयलाई लिएर पनि विभिन्न टिप्पणीहरु भइरहेका छन्। एमाले यसपटक रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी भएको छ। पार्टी पदाधिकारीमध्ये पुछारबाट दोस्रो नम्बरमा रहेका सचिव महासेठको नेतृत्वमा सरकारमा सहभागी हुनुलाई पनि धेरैले आशंकाको नजरले हेरेका छन्। एमालेनिकट १ जना विश्लेषकका अनुसार अध्यक्ष ओलीले...
त्रिकोणात्मक सिरिज खेल्न बिहीबार हङकङ जाँदै नेपाली क्रिकेट टोली 
त्रिकोणात्मक सिरिज खेल्न बिहीबार हङकङ जाँदै नेपाली क्रिकेट टोली  नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुने त्रिकोणात्मक सिरिज खेल्ने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको छ। बिदाइका क्रममा बिहीबार नेपाली क्रिकेट टोलीका क्याप्टेन रोहित पौडेलले खेलको लागि तयारी एकदमै राम्रो भएको भन्दै विश्वकपका लागि यो प्रतियोगिता धेरै महत्त्वपूर्ण भएको बताए। 
‘सत्ता पिशाची’ देउवाको लड्डु कसले खाने? 
‘सत्ता पिशाची’ देउवाको लड्डु कसले खाने?  संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘गठबन्धनप्रति नेपाली कांग्रेसले सँधै इमान्दार रह्यो। सहमतिमा प्रतिबद्ध रह्यौँ। तर पछिल्लो समय गठबन्धनकै तर्फबाट सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्रीले विश्वासघात गर्दै गठबन्धन भत्काउनु भयो। गठबन्धनबारे उहाँले भन्नुभएका कारण अत्यन्त काल्पनिक, कपोकल्पित तथा तथाकथित मानेका छौँ। र यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा ठहर गरेका छौँ।’ 
साफ यू-१६ महिला च्याम्पियनसिप: भारतसँगको फराकिलो हारपछि फाइनल पुग्न असफल भयो नेपाल
साफ यू-१६ महिला च्याम्पियनसिप: भारतसँगको फराकिलो हारपछि फाइनल पुग्न असफल भयो नेपाल घरेलु मैदानमा भइरहेको साफ यू-१६ महिला च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग पराजित भएको छ। भारतसँग १०–० अन्तरको फराकिलो हार बेहोरेपछि नेपाल फाइनल पुग्न असफल भएको छ। बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा भएको खेलको पहिलो हाफमै नेपालले ६ गोल खाइसकेको थियो। दोस्रो हाफमा भारतले ४ गोल थपेपछि समग्रमा नेपाल १०-०...
‘र’ ले अल्झायो संवैधानिक परिषद् विधेयक
‘र’ ले अल्झायो संवैधानिक परिषद् विधेयक संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलकै क्रममा रहेको एउटा विधेयकमा ‘र’ बाधक देखिएको छ। एउटा अक्षर पछिको प्रावधानमा खिचातानी चलेपछि यसले पूर्णता पाउन नसकेर लामो समयदेखि अल्झिएको संसद् सचिवालयले जनाएको छ। संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक २०७९ मा परिषद्को...
नयाँ अर्थमन्त्रीलाई हरियो झण्डा, नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
नयाँ अर्थमन्त्रीलाई हरियो झण्डा, नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ।ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ६० दशमलव...
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका लागि किन अयोग्य ठहर भए रेशम चौधरी?
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका लागि किन अयोग्य ठहर भए रेशम चौधरी? रेशम टीकापुर हत्याकाण्डको मुद्दामा ३ तहकै अदालतबाट दोषी ठहर भएका अभियुक्त हुन्। दोषी प्रमाणित भएकै अभियुक्तको रुपमा उनले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट ‘बाँकी कैद मिनाहा’ पाएका थिए। कैद मिनाहापछि ‘सामाजिक जीवन’मा फर्किएका उनी पछि सक्रिय राजनीतिमा लागेका थिए।
रियालाई विदेश जान अदालतले दियो अनुमति
रियालाई विदेश जान अदालतले दियो अनुमति मुम्बईको एक अदालतले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग सम्बन्धित लागू‌औषध मुद्दाका आरोपित अभिनेत्री रिया चक्रवर्तीलाई परिवारका साथ विदेश जान अनुमति दिएको छ। अदालतले उनलाई होलीको कार्यक्रममा सहभागी हुन श्रीलंका जान अनुमति दिएको हो।विशेष अदालतका न्यायाधीश केपी क्षीरसागरले रियाले आफू विदेश जान पाउँ भनी दिएको निवेदनमा सुनवाई गर्दै उक्त...
निर्वाचन आयोगले रेशम चौधरीलाई स्वीकार गरेन नागरिक उन्मुक्तिको अध्यक्ष
निर्वाचन आयोगले रेशम चौधरीलाई स्वीकार गरेन नागरिक उन्मुक्तिको अध्यक्ष निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका रुपमा मान्यता दिन अस्वीकृत गरेको छ। आयोगले चौधरी राजनीतिक दलको सदस्य बन्नसमेत अयोग्य रहेको ठहर गर्दै पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अध्यक्षमा नाम अध्यावधिक गर्न भनेर दिएको निवेदन अस्वीकृत भएको जानकारी दिए।
संसद्मा माओवादी सचिवले किन सम्झिए गिरिजाप्रसादलाई?
संसद्मा माओवादी सचिवले किन सम्झिए गिरिजाप्रसादलाई? नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले राजनीतिक बेइमान भनी गरेको टिप्पणीको खण्डन गरेका छन्।आफूसँगको सत्ता गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक बेइमान भनी टिप्पणी गरेको छ। बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै माओवादी सांसद पौडेलले कांग्रेसले गरेको टिप्पणीको खण्डन गर्दै...
भरतपुरकी मेयर रेनु दाहाल र बेलायतका उपसभामुखबीच भेटवार्ता
भरतपुरकी मेयर रेनु दाहाल र बेलायतका उपसभामुखबीच भेटवार्ता भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गरेकी छन्। एउटा कार्यक्रम सहभागी हुन हाल बेलायत रहेकी दाहाल र उपसभामुख निजेलबीच बिहीबार लण्डनमा भेटवार्ता भएको हो।
Weather Update