News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रियालाई विदेश जान अदालतले दियो अनुमति

काठमाडौं— मुम्बईको एक अदालतले बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्युसँग सम्बन्धित लागू‌औषध मुद्दाका आरोपित अभिनेत्री रिया चक्रवर्तीलाई परिवारका साथ विदेश जान अनुमति दिएको छ। अदालतले उनलाई होलीको कार्यक्रममा सहभागी हुन श्रीलंका जान अनुमति दिएको हो।

विशेष अदालतका न्यायाधीश केपी क्षीरसागरले रियाले आफू विदेश जान पाउँ भनी दिएको निवेदनमा सुनवाई गर्दै उक्त आदेश दिएको हो। अदालतले उनका भाइ र सोही घटनाका  आरोपित शौविकलाई पनि विदेश जान अनुमति दिएको छ।

Prabhu Bank

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको सन् २०२०, जुन १४ मा निधन भएका थियो । सुशान्तको निधनपछि उनको परिवारले रियामाथि सुशान्तलाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका थिए। लामो समयको अनुसन्धानपछि अभिनेत्रीलाई लागूऔषध मुद्दामा सोही वर्षको सेप्टेम्बरमा पक्राउ पनि गरिएको थियो। 

पक्राउको करिब एक महिना पछि बम्बई हाई कोर्टले उनलाई जमानत दिएको थियो । यो मुद्दामा रियाका अलावा उनका भाइ शौविक र अन्य कैयौँ व्यक्ति आरोपित थिए। अदालतमा मुद्दा दर्तापछि रियालाई विदेश यात्रामा पनि रोक लगाइएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  १५:५०
Weather Update