News Griha :: न्यूजगृह
जसपा सरकारमा सहभागी हुने
जसपा सरकारमा सहभागी हुने जनता समाजवादी पार्टी (जसपा) पार्टी सरकारमा सहभागि हुने भएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले बताए।
विष्णु पौडेलको दाबी– विगतका यथेष्ट अनुभवबाट बनेको गठबन्धन हो, अब दुर्घटना हुन्न
विष्णु पौडेलको दाबी– विगतका यथेष्ट अनुभवबाट बनेको गठबन्धन हो, अब दुर्घटना हुन्न नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले नयाँ सत्ता गठबन्धन कुनै लेनदेन र स्वार्थको गठबन्धन नभएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै पौडेलले संविधानसम्मत सहयात्रा आफूहरूले गरेको उल्लेख गर्दै अब यो गठबन्धन दुर्घटनामा नपर्ने दाबी गरे। ‘इतिहास कहिल्यै पनि सेलरोटी जस्तो घुम्दैन। यो स्प्रिङ जस्तो हुन्छ। हिजो जे भयो अहिले फेरि...
मिटरब्याज पीडितले चाँडै न्याय पाउने
मिटरब्याज पीडितले चाँडै न्याय पाउने  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितको सबै समस्या अबको केही समयभित्रै समाधान हुने बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा फागुन ६ देखि १८ गतेसम्मका अघिल्ला बैठकहरूमा सांसदहरुले सरकारको कामकारबाहीको सन्दर्भमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताए। 
प्रधानमन्त्रीले सुनाए कांग्रेससँग छुट्टिनुको फेहरिस्त
प्रधानमन्त्रीले सुनाए कांग्रेससँग छुट्टिनुको फेहरिस्त प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेससँग गठबन्धन टुटाउनुको कारण कांग्रेस महासमिति बैठक भएको स्पष्ट पारेका छन्।बिहीबार प्रतिनिधि सभामा सम्बोधन गरेका प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक सत्ता फेरबदलको कारण कोशी प्रदेशको निर्वाचन, राष्ट्रिय सभा सदस्य चयन तथा सदस्य निर्वाचनमा भएको अन्तरघात, कांग्रेस महासमिति बैठकमा...
प्रचण्डलाई कांग्रेसको प्रश्न– तपाईंले धोका दिएकाहरु एक ठाउँमा उभिए भने के हुन्छ?
प्रचण्डलाई कांग्रेसको प्रश्न– तपाईंले धोका दिएकाहरु एक ठाउँमा उभिए भने के हुन्छ? नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डबाट पटक पटक धोका भएको बताएको छ। बिहीबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले कांग्रेसमाथि विश्वासघात र जनमतको अपमान गरेको टिप्पणी गरे। 
प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका प्रश्नै प्रश्न
प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसका प्रश्नै प्रश्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीले राजनीतिक बेइमानी गरेको भन्दै प्रश्न सोधेको छ। प्रतिनिधि सभाको जारी बैठकमा आफ्नो धारणा राख्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले इमानको राजनीति नगरेको आरोप लगाए। उनले १५ महिनामा तीन पटक गठबन्धन फेरिएको उल्लेख गर्दै यही गतिमा प्रधानमन्त्री गठबन्धन परिवर्तन गर्नुपरे अबको चार वर्षमा...
कानुन विपरीत सञ्चालित लघुवित्तमाथि छानबिन गरी कारबाही गरिन्छ: प्रधानमन्त्री
कानुन विपरीत सञ्चालित लघुवित्तमाथि छानबिन गरी कारबाही गरिन्छ: प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन विपरीत सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन्। सांसदहरुले उठाएका प्रश्नको बिहीबार प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने बताए। 
कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ– आफूसँग हुँदा इमान र अर्कोसँग जाँदा बेइमान भन्ने हुँदैन
कांग्रेसलाई प्रधानमन्त्रीको जवाफ– आफूसँग हुँदा इमान र अर्कोसँग जाँदा बेइमान भन्ने हुँदैन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन परिवर्तनको विषय आवेगमा नभइ सोचविचारले नै गरेको बताएका छन्। देश र जनताका लागि केही गरौँ भन्ने हुटहुटीले नै आफूले जोखिम मोलेर यो कदम चालेको प्रधानमन्त्रीको भनाइ छ। प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आजैको मन्त्रिपरिषद बैठकमा पनि उपप्रधानमन्त्री तथा मन्त्रीहरूलाई जोखिम मोलेरै भए...
एमालेका प्रमुख सचेतक भन्छन्– सरकारलाई असफल हुने छुट नै छैन
एमालेका प्रमुख सचेतक भन्छन्– सरकारलाई असफल हुने छुट नै छैन नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले अहिलेको सरकारलाई कमजोर र असफल हुने छुट नभएको बताएका छन्। बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले सदनमा आसनहरु परिवर्तन भएपनि भूमिका र जवाफदेहीता नफेरिएको भन्दै सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए।
लगातार बढ्दैछ सुनको मूल्य, आज फेरि नयाँ रेकर्ड
लगातार बढ्दैछ सुनको मूल्य, आज फेरि नयाँ रेकर्ड नेपाली बजारमा लगातार बढिरहेको सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाइरहेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार रुपैयाँ तोकिएको छ। अघिल्लो दिन प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
सरकारको प्रवक्तामा मन्त्री शर्मा
सरकारको प्रवक्तामा मन्त्री शर्मा सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्तामा निरन्तरता दिने भएको छ। बिहीबार सिंहदरबारमा बसेको नवगठित मन्त्रिपरिषदको बैठकले मन्त्री रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको हो।
इलाम—२ उपनिर्वाचनमा एमाले उम्मेदवार छान्न बनायो कार्यदल
इलाम—२ उपनिर्वाचनमा एमाले उम्मेदवार छान्न बनायो कार्यदल केन्द्रीय राजनीतिमा नयाँ समीकरण बनेसँगै आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर—२ को उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयनको प्रक्रिया अगाडि बढाएको छ। उपनिर्वाचनका लागि एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्नेगरी तयारी थालेको छ।
Weather Update