प्रचण्डलाई बाबुरामको व्यङ्ग्यात्मक सुझाव– लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ १० बल्ड्याङ नहोस् बिहीबार, फागुन २४, २०८०

आज कुन देशको मुद्रा नेपालमा कतिमा कारोबार हुँदैछ? बिहीबार, फागुन २४, २०८० नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा कायम भएको छ।यूरो एकको खरिद दर १४३ रुपैयाँ ७६ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसा तोकिएको...

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल बिहीबार, फागुन २४, २०८०

१५ महिनामा तेस्रो पटक गठबन्धन फेरेपछि यस्तो बन्यो प्रचण्ड टिम बुधबार, फागुन २३, २०८० १५ महिनामा तेस्रो पटक गठबन्धन फेरेका प्रधानमन्त्री प्रचण्डलाई हालसम्म एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन मिलेको छ। भागबण्डाअनुसार २ वटा मन्त्रालय पाएको जनता समाजवादी पार्टीले मन्त्रीको भने टुंगो लगाइसकेको छैन। जसपाले पाएको वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्री प्रचण्डले...
![उपप्रधानमन्त्रीको वरीयता: रघुवीर पहिलो, तेस्रोमा रवि [सूचीसहित]](https://newsgriha.com/uploads/posts/vice-pm-1709735807.jpg)
उपप्रधानमन्त्रीको वरीयता: रघुवीर पहिलो, तेस्रोमा रवि [सूचीसहित] बुधबार, फागुन २३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को वरीयतामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ प्रधानमन्त्रीपछिको वरीयतामा पहिलो नम्बरमा रहेका छन्।त्यसपछि उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ दोस्रो वरियतामा रहेका छन्। यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तेस्रो वरीयतामा राखिएको छ।

शिक्षामन्त्री सुमनाको पदबहाली: विश्वविद्यालयमा विज्ञलाई कुलपति राख्न कानुन संशोधन गर्ने निर्णय बुधबार, फागुन २३, २०८० नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने विद्यमान व्यवस्था हटाइ विज्ञहरूलाई राख्न सम्बन्धित कानुनमा संशोधनको निर्णय गरेकी छन्।सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै मन्त्री श्रेष्ठले नेपाली युवालाई स्वदेशमै सहजरूपमा गुणस्तरीय शिक्षा दिन र विश्वविद्यालयमा हुने राजनीतिकरण रोक्न मौजुदा कानुनमा संशोधनको...

हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेले दिए मातहतलाई निर्देशन बुधबार, फागुन २३, २०८० उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानुनी राज्य स्थापना गर्न कसैको आदेश नकुर्न निर्देशन दिएका छन्। दोस्रो पटक गृह मन्त्रालयको कार्यभार सम्हालेपछि लामिछानेले भने, ‘कानुनी राज्यको स्थापनामा निर्वाह गर्दा कसैको आदेश कुर्नुपर्दैन। कुनै पनि राजनीतिक दल प्रभावशाली होस्, गैरकानुनी आदेश मान्नु पर्दैन । कानुनले जे भन्छ त्यही हुन्छ।’

नवनियुक्त मन्त्रीहरुले लिए शपथ, कुन दल बाट को बने मन्त्री? बुधबार, फागुन २३, २०८० संघीय सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। शीतल निवासमा बुधबार आयोजित विशेष समारोहकाबीच उनीहरुले शपथ लिएका हुन्। उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।

२६१ औं वार्षिकोत्सव मनाउँदै नेपाली सेना बुधबार, फागुन २३, २०८० नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ। यस वर्षको सेना दिवस फागुन २५ गते महाशिवरात्रिका दिन सैनिक मञ्च टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुतिका साथ मनाउन लागिएको सेनाले जनाएको छ। सो कार्यक्रममा नेपाली सेनाका साथै बेलायत, भारत र अमेरिकी सेनाहरूको समेत साङ्गीतिक प्रस्तुति हुनेछ।

समर्थन फिर्ता लिँदै बागमती सरकारबाट बाहिरियो कांग्रेस बुधबार, फागुन २३, २०८० सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्।

एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री बुधबार, फागुन २३, २०८० नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बन्ने पक्का भएको छ।

टी–२० विश्वकप क्रिकेटको तयारीका लागि सरकारले दियो पाँच करोड रुपैयाँ बुधबार, फागुन २३, २०८० आईसीसी पुरुष टी– २० विश्व कपमा स्थान सुरक्षित गरिसकेको नेपाली टोलीको तयारीका लागि अर्थ मन्त्रालयले ५ करोड रुपैयाँ निकासा भएको छ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै प्रधानमन्त्री, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिएका छन्।

देउवाले गरे तीन दलका अध्यक्षसँग छलफल बुधबार, फागुन २३, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा दलका अध्यक्षहरूसँग बूढानिलकण्ठमा छलफल गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग देउवाले बुधबार अपराह्न निवासमै छलफल गरेका हुन्।









