News Griha :: न्यूजगृह
आन्दोलनमा मृत्यु भएकालाई ५ लाख दिने कोशी सरकारको निर्णय
आन्दोलनमा मृत्यु भएकालाई ५ लाख दिने कोशी सरकारको निर्णय कोशी प्रदेश सरकारले पहिचान पक्षधरको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बूको परिवारलाई ५ लाख रुपैयाँ राहत दिने भएको छ।आज बसेको कोशी प्रदेश सरकार मन्त्रिपरिषदको बैठकले राहत सहयोग दिने निर्णय गरेको हो।प्रदेशसभाले तत्कालीन प्रदेश १ को ‘कोशी’ नामकरण गरेपछि असन्तुष्ट बनेका पहिचान पक्षधरले आन्दोलन गरेका थिए।आन्दोलनका क्रममा विराटनगरमा...
यो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक हो
यो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक हो पछिल्लो सत्ता समीकरण हाम्रो देशको नितान्त आन्तरिक विषय हो। यसमा कुनै बाह्य शक्तिको भूमिका छ भन्ने कुरा सोच्न पनि सकिन्न। सरकारभित्र आबद्ध भएका दलको कामको अप्ठ्यारोलाई ध्यानमा राखेर विकसित भएको घटना हो यो। नेपालमा हुने हरेक राजनीतिक घटनामा विदेशीलाई जोड्ने गरिन्छ, त्यो गलत हो। पछिल्लो राजनीतिक घटनाक्रम विशुद्ध आन्तरिक उपक्रम...
रुस पुगेपछि थाहा पाएका थिए भीमबहादुरले 
रुस पुगेपछि थाहा पाएका थिए भीमबहादुरले  आकर्षक तलब पाउने लोभमा वैदेशिक रोजगारीका लागि रुस पुगेका एक व्यक्ति त्यहाँको विमानस्थलबाट फर्काइएपछि आफू ठगिएको चाल पाएका छन् ।लमजुङ दूधपोखरी गाउँपालिका-१ घर भई हाल काठमाडौं टोखा बस्ने विनिता गुरुङले एसएलसी उत्तीर्ण हुन नसकेका भीमबहादुर बुढालाई नक्कली कागजातसमेत बनाएर वैदेशिक रोजगारीका लागि रुस पठाइदिने बहानामा ठगी गरेको पाइएको हो। ...
सत्तामा जाने हतार नगर्न उपेन्द्रलाई जसपा नेताहरूको सुझाव
सत्तामा जाने हतार नगर्न उपेन्द्रलाई जसपा नेताहरूको सुझाव नयाँ बन्ने गठबन्धन सरकारमा सम्भावित मन्त्रीको नाम टुंग्याउने उद्देश्यले बसेको जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकमा अध्यक्ष उपेन्द्र यादवलाई सत्तामा जान हतार नगर्न नेताहरुले सुझाएका छन्। आजको कार्यकारिणी समितिको बैठकमा मधेश प्रदेश सरकारको निरन्तरता पार्टीको पहिलो सर्त भएपनि मन्त्रालयको भागवन्डाको विषयले छलफलमा चर्को रुप लिएको एक नेताले बताए।...
आज पनि बढ्यो सुनको मूल्य, तोलाकै एक लाख २३ हजार पाँच सय
आज पनि बढ्यो सुनको मूल्य, तोलाकै एक लाख २३ हजार पाँच सय नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँ तोकिएको छ। अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको...
ढुकुरपोखरीको हिमपहिरो पन्छाउन थालियो
ढुकुरपोखरीको हिमपहिरो पन्छाउन थालियो ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ ।  प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले ढुकुरपोखरीमा आएको हिमपहिरा पन्छाउन थालिएको जानकारी दिए। उनले भने, ‘हिमपहिरो गएको स्थानसम्म पुग्नै समय लाग्यो ।
अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला
अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवराज शिशु फेला परेका छन् । आकस्मिक कक्षको महिला शौचालयमा सालनालसहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्यालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।
कोटेश्वरमा माधव नेपाल र शेरबहादुर देउवाको वार्ता
कोटेश्वरमा माधव नेपाल र शेरबहादुर देउवाको वार्ता पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेताहरूको भेटवार्ता र दौडधुप बढेको छ। शीर्ष तहका नेता तथा दोस्रो तहका नेताहरूको दौडधुप बिहानैदेखि राति अबेरसम्म चलिरहेको छ। आज बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्। दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रम र विकसित अवस्थाका बारेमा छलफल भएको...
सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन नयाँ गठबन्धनलाई बुद्धिजीवीको सुझाव
सिद्धान्त र कार्यक्रममा केन्द्रित हुन नयाँ गठबन्धनलाई बुद्धिजीवीको सुझाव प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्दै बामपन्थी पार्टीहरूको अगुवाइमा नयाँ सत्ता गठबन्धन बनेपछि राजनीतिक वृत्तमा बेग्लै सञ्चार प्रवाह भएको छ।तत्कालीन सत्ता गठबन्धनमा रहेका दलबाट एकले अर्कोलाई ‘धोका दिएको’ प्रतिक्रिया सार्वजनिक भइरहँदा बामपन्थी बुद्धिजीवी एवं विश्लेषकहरूले मिलेर काम गर्न सकेमा नयाँ गठबन्धन मुलुक र जनताका लागि सकारात्मक हुने...
मन्त्री र मन्त्रालय बाँडफाँट टुंग्याउन दलहरू आन्तरिक छलफलमा
मन्त्री र मन्त्रालय बाँडफाँट टुंग्याउन दलहरू आन्तरिक छलफलमा सत्ता गठबन्धन दलका नेताहरू गठबन्धनमा सामेल हुने दल र मन्त्रालय बाँडफाँटको टुंगो लगाउन आन्तरिक छलफलमा छन्। पार्टीभित्र क-कसलाई सरकारमा सामेल गराउने भन्ने विषयमा पनि दलहरूभित्र छलफल चलिरहेको छ। गठबन्धनमा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल छन्। प्रदेशको समेत सत्ता समीकरणलाई लिएर चार...
त्रिशुलीको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुग्यो
त्रिशुलीको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुग्यो धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा  मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ। कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको  यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो। दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी...
कोशीमा मुख्यमन्त्रीले राजीनामा नदिने, अब के हुन्छ ? 
कोशीमा मुख्यमन्त्रीले राजीनामा नदिने, अब के हुन्छ ?  एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कार्की विश्वासको मत लिएपछि कांग्रेस-माओवादी गठबन्धनकै साथ लागेका थिए। त्यहीबेला देखि चिडिएको एमालेले नयाँ गठबन्धनमा सामेल भए लगत्तै मुख्यमन्त्री कार्कीको राजीनामा माग गरिसकेको छ। मुख्यमन्त्री कार्कीले भने सरकार छाड्ने संकेत गरेका छैनन्। उनले राजीनामा नदिने बताएका छन्।
Weather Update