के प्रधानमन्त्रीले कांग्रेसलाई छल गरेका हुन्?, के भन्छन् डा. महत? मंगलबार, फागुन २२, २०८०

के कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री ‘अफर’ गरेको हो? मंगलबार, फागुन २२, २०८० नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको बताएको छ।बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा सोमबार साँझ सकिएको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पार्टीका नेताहरूले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताए।

‘सुसाइड नोट’ शालीनले नै लेखेको पुष्टि, के लेखेकी थिइन् आत्महत्याअघि? मंगलबार, फागुन २२, २०८० चितवनको रत्ननगर नगरपालिका १० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालीन पोखरेलको भनिएको ‘सुसाइड नोट’ उनैले लेखेको पुष्टि भएको छ।शालीनले आत्महत्याअघि लेखेको ‘सुसाइड नोट’ उनकै भएको पुष्टि नेपाल प्रहरीको फरेन्सिक ल्याबको परीक्षणबाट भएको हो। प्रहरी प्रधान कार्यालयस्थित स्रोतले फरेन्सिक ल्याबमा गरिएको परीक्षणबाट उक्त ‘सुसाइड नोट’ शालीनले...

एकीकृत समाजवादीलाई फकाउँदै सत्ता गठबन्धन, सहकार्यको प्रस्ताव लिएर प्रचण्ड र ओली पुगे नेपाल निवास मंगलबार, फागुन २२, २०८० नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन्।बालुवाटारमा जारी बैठक स्थगित गरी दाहाल र ओली कोटेश्वर पुगेका हुन्।

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै मंगलबार, फागुन २२, २०८० पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो। २०७९ सालदेखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ।

नयाँ गठबन्धन बनाएपछिको प्रचण्ड अभिव्यक्तिका संकेत र सन्देश मंगलबार, फागुन २२, २०८० त्यसमा पनि प्रचण्डले आफू ज्यूँदो हुँदासम्म उथलपुथल भइरख्ने दाबी गरे। उनले भने, ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ। प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर उम्कन सक्छु।’ नयाँ गठबन्धन बनाएकै दिन प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति फरक फरक कोणबाट टिप्पणी हुने गरेको छ। एकथरीले...

कांग्रेसले गर्यो प्रतिपक्षमा बस्ने निर्णय, फिर्ता लियो सरकारलाई दिएको समर्थन मंगलबार, फागुन २२, २०८० नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो ।

नेदरल्याण्ड्ससँग फाइनलमा पराजित भएपछि के भन्छन् प्रशिक्षक र कप्तान? मंगलबार, फागुन २२, २०८० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सले नेपाललाई दुई रनले पराजित गरेको थियो। साथै तेस्रो खेलमा नेदरल्याण्ड्सले नामिबियालाई ५९ रनले पराजित गरेको थियो भने चौथो खेलमा नेपालले नामिबियाविरुद्ध तीन रनको रोमाञ्चक जित निकालेको थियो। साथै पाँचौँ खेलमा नेपालले नेदरल्याण्ड्सलाई छ विकेटको सहज जित...

प्रेम सम्बन्धमा आएको विवादले मोरङमा १५ वर्षीया किशोरीको हत्या! मंगलबार, फागुन २२, २०८० मोरङको पथरीशनिश्चरे–७ लामाटोलमा सोमबार राति १५ वर्षीया किशोरीको हत्या भएको घटनाको प्रमुख कारण ‘प्रेम सम्बन्ध’ भएको खुलेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ‘प्रेम सम्बन्ध’मा आएको विवादका कारण हत्या भएको खुलेको हो। पथरीशनिश्चरे–७ लामाटोलस्थित मामाघरमा बस्दै आएकी १५ वर्षीया ज्ञानमति थुलुङ राईको सोमबार राति १०:३० बजेतिर हत्या भएको थियो। शौचालय जान भनेर...

हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा मंगलबार, फागुन २२, २०८० हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईंसहित ८ जना विरुद्ध मंगलबार भ्रष्टाचार मुद्धा दायर गरेको हो।

मुग्लिन पोखरा सडक विस्तार: पूर्वी खण्डमा ५० र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति मंगलबार, फागुन २२, २०८० आगामी वैशाख मसान्तसम्म दमौली बजारसम्म कालोपत्र गरिसक्ने लक्ष्य लिइएको छ। त्यसका लागि दमौली बजारमा सडक मापदण्डभित्रका घर भत्काउने काम जारी छ। दमौली बजारमा ७५ घरटहरा हटाइनेछ। अन्यत्र कामले गति लिए पनि दमौली बजारमा घर भत्काउन ढिलाइ हुँदा काम हुनसकेको थिएन। अहिले घरधनी स्वयम्ले घर भत्काउन सुरु गरिसकेकाले त्यसपछि दमौली खण्डमा...

लगानीकर्ता नाफा बुकिङमा लाग्दा शेयर बजारमा उच्च गिरावट मंगलबार, फागुन २२, २०८० सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको शेयर बजारमा आज (मंगलबार) उच्च अङ्कको गिरावट देखिएको छ। नेप्से परिसूचक ७०.३१ अङ्कले घटेर २००७.६९ को बिन्दुमा कायम भएको छ। सोमबार एकैदिन परिसूचक ११७.७० अङ्क अर्थात् छ प्रतिशतले बढेको थियो। सोमबार उच्च अङ्कको वृद्धिपछि मंगलबार लगानीकर्ता नाफा बुकमा लाग्दा बजार घट्यो।

महेश बर्तौलाले पाए एमाले प्रमुख सचेतकको जिम्मेवारी, सुनिता बराल सचेतक चयन मंगलबार, फागुन २२, २०८० नेकपा एमालेसंसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला चयन भएका छन्। यस्तै, सचेतकमा सुनिता बराल चयन भएकी छन्। एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतक र बराललाई सचेतक चयन गरेका हुन्।









