सरकारमा सहभागिता बारे टुंग्याउन नेकपा एकीकृत समाजवादीको सचिवालय बस्दै बुधबार, फागुन २३, २०८०

गठबन्धन नटुंगिएकाले अन्यौलमा जसपा, आन्तरिक रुपमा मन्त्री छान्ने बुधबार, फागुन २३, २०८० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बनेको नयाँ गठबन्धनका साझेदार जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारको सहभागिताका विषयलाई लिएर आन्तरिक छलफलमा जुटेका छन्। चार दलबीच भएको आठबुँदे सहमतिका हस्ताक्षरकर्तामध्येका एक यादव सरकारमा सहभागी हुने भनेपनि गठबन्धनको टुंगो नलाग्दा अन्यौलमा परेका छन्। कुन कुन दलबीच गठबन्धन बन्ने...

दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा बुधबार, फागुन २३, २०८० वुमन्स प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई २९ रनले पराजित गरेको छ। दिल्लीमा भएको खेलमा घरेलु टोलीले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १९२ रनको विशाल योगफल तयार पारेको थियो।

बार्यन म्युनिख च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बुधबार, फागुन २३, २०८० जर्मन क्लब बार्यन म्युनिख युईएफए च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा बार्यनले इटालियन क्लब लाजियोलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा ३–० गोल अन्तरले पराजित गरेको हो।
-1709690766.jpg)
पीएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बुधबार, फागुन २३, २०८० फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो ।

विदेशी मुद्राको नेपाली मूल्य आज कति ? बुधबार, फागुन २३, २०८० नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३४ पैसा र बिक्री दर १३२ रुपैयाँ ९४ पैसा कायम रहेको छ।यूरो एकको खरिद दर १४३ रुपैयाँ ६२ पैसा र बिक्री दर १४४ रुपैयाँ २७ पैसा तोकिएको...

आज देशभरको मौसम सफा रहने बुधबार, फागुन २३, २०८० अहिले कर्णाली र सुदुरपश्चिम प्रदेशको केही भूभाग लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। बुधबार नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारण बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

अपडेट: त्रिशूलीको बस दुर्घटनामा ५ को मृत्यु, ३७ घाइते, बेपत्ताको खोजी जारी बुधबार, फागुन २३, २०८० कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस आज बिहान त्रिशूलीमा खसेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन्। बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९जनाको खोजी भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।

तर्साउँदा पनि भागेनन् हात्ती बुधबार, फागुन २३, २०८० तीन छावासहितको १५ को सङ्ख्यामा रहेका हात्तीको बथानले गहुँबाली खानेसँगै खुट्टाले कुल्चेर नोक्सानी पुर्याउने गरेको स्थानीय बासिन्दाको भनाइ छ। रातभर हात्ती भगाउनकै लागि जाग्राम बस्नुपर्ने अवस्था रहेको मालती पालले बताए। ‘राति अबेरसम्म हात्ती भगाउनमै खटिन्छौँ’, उनले भने,‘हात्ती नखाई भाग्दै भाग्दैनन्, घर नै भत्काउने डर पनि हुन्छ, त्यही भएर पनि जाग्राम...

काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर त्रिशुलीमा खस्यो बुधबार, फागुन २३, २०८० कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। लु २ ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुलीमा खसेर दुर्घटना भएको हो। बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलबाट १३ जनाको उद्धार गरिएको छ। उनीहरूको गजुरी अस्पतालमा उपचार भइरहेको छ।

महाशिवरात्रि पर्वको तयारी, मदिरा र मासु बिक्रीमा रोक बुधबार, फागुन २३, २०८० महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर यो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ।महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छ भने पाशुपत क्षेत्रको सजावटको काम पनि...

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल बुधबार, फागुन २३, २०८० आज मिति २०८० फागुण २३ गते बुधबार। तदअनुसार ६ मार्च २०२४। तपाईंको दैनिकी कसरी बित्नेछ हेर्नुहोस् आजको राशिफल:

एकाएक किन भयो फेसबुक प्रयोगकर्ताको प्रोफाइल लगआउट? मंगलबार, फागुन २२, २०८० मेटा मातहतका सोसल मिडिया प्लाटफर्म फेसबुक, फेसबुक मेसेन्जर र इन्स्टाग्राम विश्वभर नै अवरुद्ध भएका छन्। योसँगै करोडौँ प्रयोगकर्ताहरूले यी प्लेटफर्ममा रहेका आफ्ना खातामा लगइन गर्न सकेका छैनन्।नेपाली समय अनुसार बेलुकी करिब ९ बजेतिर एक्कासि यी प्लेटफर्मका अकाउन्ट लगआउट भएका छन्। त्यसपछि लगइन गर्न खोज्दा पनि प्रयोगकर्ता सफल भएका छैनन्।


-1709696677.jpeg)






