News Griha :: न्यूजगृह
काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर त्रिशुलीमा खस्यो

काठमाडौं– कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको छ। 

लु २ ख २१२१ नम्बरको बस आज बिहान धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित पृथ्वी लोकमार्गबाट त्रिशुलीमा खसेर दुर्घटना भएको हो। 

बस अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनास्थलबाट १३ जनाको उद्धार गरिएको छ। उनीहरूको गजुरी अस्पतालमा उपचार भइरहेको छ। 

दुर्घटनाको खबर लगत्तै सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन सुरक्षा बेस आदमघाटको टोली उद्धारमा खटिएको थियो। 

दुर्घटनास्थलमा विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा ६ जना गोताखोर सहित २०  जनाको टोली खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी  शैलेन्द्र थापाले जानकारी दिए। 
घटनाको विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ०६:५७
Weather Update