अपडेट: त्रिशूलीको बस दुर्घटनामा ५ को मृत्यु, ३७ घाइते, बेपत्ताको खोजी जारी

काठमाडौं– कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस आज बिहान त्रिशूलीमा खसेको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने चालकसहित ३७ जना घाइते छन्।
बसमा ५१ जना यात्रु रहेको भन्ने विवरणका अनुसार अन्य ९जनाको खोजी भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए।
गैह्रेका अनुसार मृतकहरुको पहिचान खुल्न बाँकी छ। चालक पनि घाइते छन्। बिहान करिब पौने पाँच बजे पृथ्वी राजमार्गस्थित धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीमा गति अनियन्त्रित भई बस त्रिशूलीमा खसेको थियो।
अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारमा खटिएको छ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० ०७:३१














