News Griha :: न्यूजगृह
सरकारमा सहभागिताको विषयमा निर्णय गर्न आन्तरिक छलफलमा मधेस केन्द्रित दलहरु
सरकारमा सहभागिताको विषयमा निर्णय गर्न आन्तरिक छलफलमा मधेस केन्द्रित दलहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडेर नेकपा एमाले लगायत दलसँग गठबन्धन गरेपछि मधेस केन्द्रित दलहरु सरकारमा सहभागिताको विषयलाई लिएर आन्तरिक छलफलमा जुटेका छन्। जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी नयाँ परिस्थितिमा पार्टीको आगामी रणनीति बनाउन बैठक र परामर्शमा केन्द्रित भएका हुन्। 
सुदूरपश्चिमका मुख्यमन्त्रीले माओवादीका मन्त्रीहरुलाई गरे बर्खास्त
सुदूरपश्चिमका मुख्यमन्त्रीले माओवादीका मन्त्रीहरुलाई गरे बर्खास्त सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका २ जना मन्त्री र १ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री शाहले माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्री रहेका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन्। 
कर्णाली प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, मन्त्रीहरुले बुझाए राजीनामा
कर्णाली प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, मन्त्रीहरुले बुझाए राजीनामा नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन्। कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।
नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य
नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको चुनौती दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो। 
पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ र मदिरा बिक्रीमा रोक
पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ र मदिरा बिक्रीमा रोक महाशिवरात्रि पर्वलाई लक्षित गरी पशुपतिनाथ मन्दिर क्षेत्रमा मासुजन्य पदार्थ एवं मदिरा बिक्रीमा रोक लगाइएको छ। यही फागुन २५ गते शुक्रबार परेको महाशिवरात्रि पर्वलाई मध्यनजर गरेर सो निर्णय गरिएको हो। महाशिवरात्रिका लागि यतिखेर पशुपति क्षेत्रमा साधुसन्तहरु आउने क्रम सुरु भइसकेको छ भने पाशुपत क्षेत्रको सजावटको काम पनि सुरु भएको पशुपति विकास...
गण्डकीका मुख्यमन्त्रीले गरे माओवादीका २ मन्त्रीलाई बर्खास्त
गण्डकीका मुख्यमन्त्रीले गरे माओवादीका २ मन्त्रीलाई बर्खास्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए। पाण्डे नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन्।
झापा गोल्ड कप: एपीएफ क्लबलाई ११ हजार जरिवाना
झापा गोल्ड कप: एपीएफ क्लबलाई ११ हजार जरिवाना झापा गोल्ड कप आयोजक कमिटीले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई कारवाही गरेको छ। सोमबारको खेलमा एपीएफले खेल अनुशासन उल्लङ्घन गरेको भन्दै गोल्डकप आयोजकले कारवाही गरेको हो। सेमिफाइनलमा प्रवेश गरेको एपीएफले सोमबार भएको खेलमा जर्सी सम्बन्धी नियम उल्लङ्घन गरेको थियो। खेलाडीको नम्बर नभएका जर्सी भएका कारण सेतो टेप टाँसेर नम्बर बनाइएको थियो...
गठबन्धन बन्नु, तोडिनु सामान्य तर हिजोको घटना असामान्यः शेखर कोइराला
गठबन्धन बन्नु, तोडिनु सामान्य तर हिजोको घटना असामान्यः शेखर कोइराला नेपाली कांग्रेसका नेता  तथा प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले विगतमा भएको गठबन्धन पार्टीलाई महँगो साबित भएको प्रतिक्रिया दिएका छन्। उनले मंगलबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो प्रतिक्रिया दिएका हुन्। माओवादी, नेकपा एमालेलगायत सम्मिलित नयाँ सत्ता गठबन्धन बनेर राजनीतिक परिस्थिति फेरिएपछि नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो। 
टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै
टस जितेको नेपालले पहिला ब्याटिङ गर्दै त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनल खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ।त्रिवि क्रिकेट मैदानमा भएको टसमा कप्तान रोहितकुमार पौडेलले टस जितेर नेदरल्याण्ड्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
मोरङमा गाडीको ठक्करले एक जनाको मृत्यु
मोरङमा गाडीको ठक्करले एक जनाको मृत्यु मोरङको ग्रामथान गाउँपालिकामा भएको दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ। पहिचान नखुलेको सवारी साधनको ठक्करबाट सोमबार राति ग्रामथान गाउँपालिका-६ का ३० वर्षीय सुरज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।ग्रामथान-६ नेता चोक भन्ने स्थानमा सिकिस्त घाइते अवस्थामा माझी फेला परेका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो।
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ? नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। लगातार बढ्दै गएको सुन आज प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनकव तुलनामा २ हजार रुपैयाँले...
तारे जमीन परका ईशानसँग १६ वर्षपछि सहकार्य गर्दै आमिर
तारे जमीन परका ईशानसँग १६ वर्षपछि सहकार्य गर्दै आमिर अभिनेता दर्शिल सफारीले फिल्म ‘तारे जमीन पर’बाट पहिचान पाएका थिए। उनलाई आज पनि दर्शकले ‘ईशान’का रुपमा सम्झन्छन् । उनले अभिनेता आमिर खानसँग काम गरे र आजसम्म पनि दर्शिल आफूलाई आमिरको नजिकको मान्छे मान्छन्।
Weather Update