संसद्मा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के छ? सोमबार, फागुन २१, २०८०

माधव नेपाललाई भेट्न पुगे प्रचण्ड र नारायणकाजी सोमबार, फागुन २१, २०८० सत्ता गठबन्धन फेरिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेका हुन्।

रुखमा अडकिएका दुई प्याराग्लाइडर्सको उद्धार सोमबार, फागुन २१, २०८० उदयपुरको त्रियुगा नगरपालिका–११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्ने क्रममा सोमबार सालको रुखमा अडकिएका दुई जना प्याराग्लाइडर्सको सशस्त्र प्रहरीले उद्धार गरेको छ। कास्कीको पोखरा–१८ सराङकोटका २९ वर्षीय रवीन्द्र ढकाल (पाइलट) र उदयपुरको त्रियुगा–११ विशालनगरका २६ वर्षीय सिद्धान्त बस्नेत हावाको वेगले अनियन्त्रित भएर रुखमा अडकिएका थिए।

पार्टी एकताकै तहसम्म पुग्ला एमाले–माओवादी सहकार्य? सोमबार, फागुन २१, २०८० गणतान्त्रिक व्यवस्था सुरु भएपछि एमाले र माओवादीबीच विभिन्न समयमा सत्ता सहकार्य भएको छ। २०७४ सालको चुनावमा गठबन्धन गरेका दुई दलले त्यसपछि पार्टी एकता समेत गरे। केही समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेर सरकार सञ्चालन गरे। आपसी सहकार्य र अविश्वासका साथ नजिक–टाढा हुँदै आएका एमाले र माओवादी पुन: सत्ताका लागि नजिकिएका...

लेक लागेर मुस्ताङमा भारतीय पर्यटकको मृत्यु सोमबार, फागुन २१, २०८० उनलाई अस्पताल ल्याइपुर्याँउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। पटेल साथी र आफन्तसँगै मुक्तिनाथ दर्शनका लागि आएका थिए। प्रहरी निरीक्षक मिलन विकको टोलीले उनको उद्धार गरी जोमसोम लगेको थियो। मुक्तिनाथ आसपासको क्षेत्रमा शनिबारदेखि हिउँ परेको छ। हिमपातसँगै चिसो बढेको छ। प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित भएको छ।

बिदा भए पुरानो गठबन्धनका सबै मन्त्री सोमबार, फागुन २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको पुरानो सात दलीय गठबन्धनका सबै मन्त्रीलाई बिदा गरेका छन्।सोमबार नेकपा एमालेसहितको वाम दलहरूको गठबन्धनमा फर्किने निर्णयसँगै प्रचण्डले पुरानो गठबन्धनका सबै मन्त्रीलाई बिदा गरेका हुन्।‘प्रधानमन्त्रीले पुरानो गठबन्धनका सबै मन्त्रीहरूलाई बिदा गर्नु भएको छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नु...

२२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड सोमबार, फागुन २१, २०८० नयाँ सत्ता गठबन्धनको निर्माणसँगै चार सदस्यीय मन्त्रिमण्डल बनेको छ। प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा तीन मन्त्रीले शपथग्रहण गरेका हुन्।शपथ ग्रहण गरे पनि मन्त्रीहरूलाई कुनै मन्त्रालय दिइएको छैन। एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल विनाविभागीय मन्त्री बनेका छन्।

एमाले, माओवादी र रास्वपाबाट ३ जना मन्त्रीले लिए शपथ सोमबार, फागुन २१, २०८० सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का ३ जना मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ३ जना मन्त्रीहरुले शपथ लिएका हुन्। नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालयले मन्त्रीको शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन।

आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन एकीकृत समाजवादीको निर्देशन सोमबार, फागुन २१, २०८० नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेर नेकपा एमाले सहितसँग सहकार्य गरेपछि एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई कार्यालय गएर बिदा हुन निर्देशन दिएको हो।

कोशी अस्पतालमा हातको पाताको जटिल शल्यक्रिया सोमबार, फागुन २१, २०८० विराटनगरस्थित कोशी अस्पतालमा दुर्लभ र जटिल किसिमको देब्रे हातको पाताको शल्यक्रिया गरिएको छ। कोशी अस्पतालमा मोरङको ग्रामथान वडा नम्बर ४ मोतीपुरका बुधेकुमार सरदारको देब्रे हातको फिरपाताको शल्यक्रिया गरिएको हो। रुखबाट लडेर सरदारको देब्रे हातको पाताको हड्डी भाँचिएको थियो। भाँचिएर टुक्रा–टुक्रा बनेको हड्डीको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।

निजामती सेवा विधेयक संसद्मा दर्ता, अवकाश उमेर २ वर्ष थप सोमबार, फागुन २१, २०८० संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संसद् सचिवालयमा कर्मचारीवृत्तमा बहुप्रतीक्षित विधेयक दर्ता गरेको हो। सचिवालयका प्रवक्ता एकराम गिरीले विधेयक दर्ता भएको जानकारी दिए। मन्त्रालयले मन्त्रिपरिषद्बाट पास भएर आएको विधेयक संसद्मा सोमबार दर्ता गरेको हो।

सशस्त्र प्रहरीका डीएसपीले क्वार्टरमै गरे आत्महत्या सोमबार, फागुन २१, २०८० मोरङमा सशस्त्र प्रहरी बलका डीएसपी उपेन्द्र बस्याल मृत फेला परेका छन्।धनपालथान गाउँपालिका–३ स्थित प्रस्तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोह्रबाघमा कार्यरत डीएसपी बस्याल सोमबार दिउँसो साढे २ बजेतिर झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले जानकारी दिए।

सरकारको नेतृत्व आलोपालो गर्ने समझदारी, अझै डेढ वर्ष प्रचण्डले सरकार चलाउने सोमबार, फागुन २१, २०८० नेकपा एमाले महासचिव शंकर पोखरेलले हाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरी अघि बढ्ने समझदारी भएको बताएका छन्। उनले एमाले र माओवादीबीच सरकारको नेतृत्व गर्नेबारे कार्यकाल कति हुने भन्नेबारे गृहकार्यकै चरणमा रहेको बताए।‘हाल प्रचण्डजीकै नेतृत्वमा सरकारमा हामी जाने समझदारी भएको छ,’ उनले भने, ‘दुई पार्टीले कतिकति समय...









