News Griha :: न्यूजगृह
बिदा भए पुरानो गठबन्धनका सबै मन्त्री
फाइल तस्बिर।

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससहितको पुरानो सात दलीय गठबन्धनका सबै मन्त्रीलाई बिदा गरेका छन्।

सोमबार नेकपा एमालेसहितको वाम दलहरूको गठबन्धनमा फर्किने निर्णयसँगै प्रचण्डले पुरानो गठबन्धनका सबै मन्त्रीलाई बिदा गरेका हुन्।

‘प्रधानमन्त्रीले पुरानो गठबन्धनका सबै मन्त्रीहरूलाई बिदा गर्नु भएको छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘सबै मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नु भएको छ।’

सोमबार शीतल निवासमा शपथ लिएका तीनजना मन्त्रीलाई पनि जिम्मेवारी दिइएको छैन। उनीहरूले विनाविभागीय मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका हुन्।

एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्री पदको शपथ लिएका हुन्।

तीनैजना दोस्रो पटक मन्त्री पदमा पुगेका हुन्। माओवादीका तामाङ यसअघि खेलकुद मन्त्री भएका थिए। एमालेका गिरी स्वास्थ्यमन्त्री भएका थिए। रास्वपाका अर्याल पनि यसअघि श्रममन्त्री बनेका थिए।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:२३
Weather Update