News Griha :: न्यूजगृह
एमाले, माओवादी र रास्वपाबाट ३ जना मन्त्रीले लिए शपथ

काठमाडौं– सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का ३ जना मन्त्रीले शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष ३ जना मन्त्रीहरुले शपथ लिएका हुन्। 

नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डीपी अर्यालयले मन्त्रीको शपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन। 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस सहितसँगको गठबन्धन छाडेर नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहकार्य गरेपछि मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन्। 

प्रधानमन्त्रीले गठबन्धन फेरेपछि सत्ता साझेदार नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाइसकेको छ। नेपाली कांग्रेसले भने मन्त्रीको विषयमा निर्णय गरिसकेको छैन। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १८:०४
Weather Update