News Griha :: न्यूजगृह
२२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड
सोमबार पद तथा गोपनियताको शपथग्रहणपछि नवनियुक्त बिना विभागीय मन्त्रीहरू । तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौं– नयाँ सत्ता गठबन्धनको निर्माणसँगै चार सदस्यीय मन्त्रिमण्डल बनेको छ। प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा तीन मन्त्रीले शपथग्रहण गरेका हुन्।

शपथ ग्रहण गरे पनि मन्त्रीहरूलाई कुनै मन्त्रालय दिइएको छैन। एमालेबाट पदम गिरी, माओवादीबाट हितबहादुर तामाङ र रास्वपाबाट डोलप्रसाद अर्याल विनाविभागीय मन्त्री बनेका छन्।

मन्त्रीहरूको जिम्मेवारी नतोकिँदा सबै मन्त्रालयको जिम्मा प्रधानमन्त्री प्रचण्ड स्वयंले लिएका छन्। राष्ट्रपति कार्यालयको सूचनाअनुसार २२ वटै मन्त्रालयका मन्त्री प्रचण्ड बनेका हुन्।

नवनियुक्त मन्त्रीहरूको मन्त्रालय नतोकिएकाले उनीहरूले पदभार ग्रहण पनि गर्ने छैनन्। उनीहरु मन्त्रिपरिषद् बैठकमा सहभागी हुनेछन् भने प्रधानमन्त्री कार्यालयमा हाजिर गर्नेछन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १९:११
Weather Update