धारिलो हतियार प्रहार गरी १५ वर्षीया किशोरीको हत्या मंगलबार, फागुन २२, २०८०

कोशीटप्पुमा चराको सङ्ख्या घट्यो मंगलबार, फागुन २२, २०८० कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ। चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो। मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष...

थप चार दललाई गठबन्धनमा ल्याउने प्रयास मंगलबार, फागुन २२, २०८० चार दलीय गठबन्धन बनाएर संघीय सरकारमा अप्रत्यासित फेरबदल ल्याएका प्रधानमन्त्री पुष्पकमल दाहालले साना दलहरूलाई पनि गठबन्धनमा सामेल गर्न संवाद थालेका छन्। संघीय सरकारका लागि चार दलको गणित सहज भएपनि प्रदेशको गणितमा निर्यायक हुने साना दलहरूलाई गठबन्धनमा सामेल गराउनैपर्ने बाध्यता प्रधानमन्त्रीमाथि आइपरेको छ । ११ महिनादेखि कांग्रेससहितको आठ दलीय गठबन्धनबाट प्रधानमन्त्री...

चार मन्त्रालय पाउनुपर्ने रास्वपाको दाबी मंगलबार, फागुन २२, २०८० नयाँ सत्ता समीकरण बनेसँगै दलहरुबीच शक्ति बाँडफाँटको सकस सुरु भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा थप दलहरुलाई जोड्न र मन्त्रिपरिषद् विस्तार गर्न छलफल थालेका छन् । गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँटको बहस सुरु भएको छ । गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीले चार वटा मन्त्रालय दाबी गरेको छ । रास्वपाकाबाट उपसभापति डोलप्रसाद अर्याल...

मन्त्रालयको भागबण्डा टुंग्याउन कार्यदलको बैठक बालुवाटारमा मंगलबार, फागुन २२, २०८० नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसोलाई बोलाइएको छ। मन्त्रालयको भागबण्डा टुंगो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ । कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता...

स्वास्थ्यकर्मीले पाएका छैनन् चार महिनादेखि तलब मंगलबार, फागुन २२, २०८० कैलालीको जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि तलबभत्ता नपाएको जनाउँदै गुनासो गरेका छन्। उनीहरुले चालु आर्थिक वर्षको असोजसम्मको मात्र तलबभत्ता पाएका थिए । तलबभत्ता रोकिएपछि दैनिक जनजीवन चलाउन मुस्किल हुन थालेको उनीहरूको भनाइ छ। ‘आएको तलबभत्ताबाटै घर खर्चदेखि बालबालिकाको विद्यालयको शुल्कलगायत आधारभूत खर्चको जोहो गर्नुपर्ने बाध्यता छ । त्यो भन्दा...

गठबन्धन टुटेपछिको धारणा बनाउन देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार, फागुन २२, २०८० अप्रत्यासितरुपमा सत्ता विमुख भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजलाई बोलाइएको छ। कांग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।

आजको मौसम: पहाडी क्षेत्रमा आंशिक बदली, केही ठाउँमा हिमपात हुने मंगलबार, फागुन २२, २०८० अहिले काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । मंगलबार पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
-1708479599.jpg)
त्रिदेशीय टी–२०को उपाधिका लागि नेपाल र नेदरल्यान्ड्स भिड्दै मंगलबार, फागुन २२, २०८० त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्सबिच प्रतिस्पर्धा हुँदैछ। खेल बिहान साढे ११ बजे कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ।यसअघि समूह चरणको अन्तिम खेल अस्ति वर्षाका कारण पूरा हुन नसकेपछि नामिबिया र नेदरल्यान्ड्सले १–१ अङ्क बाँडेका थिए।

प्रदेशस्तरीय नेशनल टी–२० आजदेखि, उद्घाटनमा कोशी र कर्णाली भिड्दै मंगलबार, फागुन २२, २०८० कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि प्रदेशस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सञ्चालन हुँदैछ।क्रिकेट संघ मोरङको आयोजनामा कोशी प्रदेश ट्रफी नेशनल टी–२० च्याम्पियनसिप हुने भएको हो । उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुने भएको छ। यो प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुनेछ।

एकीकृत समाजवादी अझै ‘पर्ख र हेर’ को अवस्थामा मंगलबार, फागुन २२, २०८० नेकपा एकीकृत समाजवादीले नयाँ सत्ता समीकरणबारे ‘पर्ख र हेर’ अवस्थामा रहने निर्णय गरेको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टी केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले लिएको निर्णयका उद्देश्य, प्रक्रिया र संरचना प्रष्ट भएपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

के-के छ चार दलबीच भएको आठ बुँदे सहमतिमा ? मंगलबार, फागुन २२, २०८० नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भएको छ।सुशासन, विकास, सामाजिक न्याय र समृद्धिका प्रश्नमा समान सोच राख्ने दलहरूका बीचमा सहकार्य आवश्यक रहेको...

कस्तो छ तपाईंको आजको दिन ? हेर्नुहोस् राशिफल मंगलबार, फागुन २२, २०८०









