News Griha :: न्यूजगृह
मन्त्रालयको भागबण्डा टुंग्याउन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं– नयाँ सत्ता गठबन्धन कार्यदलको बैठक आज दिउँसोलाई बोलाइएको छ। 

मन्त्रालयको भागबण्डा टुंगो लगाउन नेताहरू आन्तरिक छलफलमा छन् । दिउँसो २ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलको बैठक बोलाइएको छ । 

कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले र जसपाका नेता राजेन्द्र श्रेष्ठ छन्। 

आजको बैठकमा मन्त्रालयको भागबन्डाका विषयमा छलफल हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेससहितको गठबन्धन तोडेर एमाले लगायत दलसँग नयाँ गठबन्धन गर्ने निणर्य गर्दै सोमबार पूराना सबै मन्त्रीहरुलाई बर्खास्त गरेर ४ सदस्यीय नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । 

एमालेका पदम गिरी, माओवादीका हितबहादुर तामाङ र रास्वपाका डीपी अर्यालले सोमबार विना विगाभीय मन्त्रीकारुपमा सपथग्रहण गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०८:०३
Weather Update