News Griha :: न्यूजगृह
गठबन्धन टुटेपछिको धारणा बनाउन देउवाले बोलाए केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं– अप्रत्यासितरुपमा सत्ता विमुख भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आजलाई बोलाइएको छ। 

कांग्रेससहितको गठबन्धन टुटेपछि त्यसबारे धारणा बनाउन सभापति शेरबहादुर देउवाले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्। 

बैठक सभापति देउवाको निजी निवास बुढानिलकण्ठमा दिउँसो ३ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनका अनुसार बैठकमा गठबन्धन भत्किनुका कारणसहित अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ०७:२५
Weather Update