तीन मन्त्रीको शपथ ५ बजे सोमबार, फागुन २१, २०८०

निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै हो, म नमर्दासम्म उथलपुथल भइनै राख्छ: प्रधानमन्त्री सोमबार, फागुन २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन्। पटकपटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’मा प्रधानमन्त्री प्रचण्डले माओवादी जमेर बस्ने पोखरी...

देउवाले भने– ‘प्रचण्ड धोकेबाज रहेछन्’ सोमबार, फागुन २१, २०८० २०७९ पुस १० मा बनेको गठबन्धन ब्युँतिँदै राजनीतिमा नयाँ ‘ट्वीस्ट’ आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्य शेखर कोइरालालाई सोमबार बिहान बूढानिलकण्ठमा बोलाए। पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई देउवाले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरे। देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको...

गृह मन्त्रालय कसले लिने भन्नेमा नयाँ गठबन्धनमा विवाद सोमबार, फागुन २१, २०८० नवगठित गठबन्धन भित्रका दलहरूबीच गृह मन्त्रालय कसले लिने भन्नेमा विवाद देखिएको छ। नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय आफूले नै पाउनुपर्ने अडान राखेका छन्।बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकमा गृह मन्त्रालयमा एमाले र रास्वपाले दाबी गरेका स्रोतको दाबी छ। बैठकमा माओवादीले भने गृह मन्त्रालय आफूहरूले नलिने प्रष्ट...

सिट बाँडफाँट र मन्त्रालय टुंगो लगाउन ४ सदस्यीय कार्यदल गठन सोमबार, फागुन २१, २०८० मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनेको छ। कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव छन्। उनीहरूले कसले कुन मन्त्रालय र कति मन्त्रालय लिने भन्नेबारे टुंगो गर्नेछ।

हनुमन्ते खोलामा भेटियो युवकको शव सोमबार, फागुन २१, २०८० मध्यपुरथिमि नगरपालिका‐९ राधेराधेस्थित हनुमन्ते खोलामा आज रगताम्मे अवस्थामा एक युवकको शव फेला परेको छ। इलामको इलाम नगरपालिका‐३ घर भई हाल काठमाडौं तीनकुने बस्ने २६ वर्षीय छत्र थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।

मिसन ८४ बाट एमाले देशको निर्णायक शक्ति बन्छ– ओली सोमबार, फागुन २१, २०८० नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, मिसन ८४ बाट नेकपा एमाले देशको निर्णायक शक्तिको रुपमा परिणत हुने दाबी गरेका छन्। सोमबार काठमाडौंमा आयोजित नेपाल ट्रेड युनियन आन्दोलनको ७७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ०८४ को निर्वाचनमा बहुमत ल्याउने मात्र नभइ एमालेलाई निर्णायक शक्तिको रुपमा परिणत गर्ने मिसन भएकाले...

राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री सोमबार, फागुन २१, २०८० राष्ट्रपति रामचन्द्र पौडेलसँग ताजा राजनीतिक घटनाक्रमबारे छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल शीतल निवासबाट फर्किएका छन्। नयाँ गठबन्धनको सबै तयारी सकेपछि दाहालले राष्ट्रपतिसँग भेट्न समय मागेका थिए।नेपाली कांग्रेस सहितका दलहरुलाई नयाँ गठबन्धनबारे कुनै जानकारी नै नदिइ दाहालले एमाले सहितका दलहरुको गठबन्धन बनाएको एकीकृत समाजवादीले प्रतिक्रिया दिएको छ।

सत्ता समीकरणको प्रभाव शेयर बजारमा, मूल्यमा एक्कासि उछाल सोमबार, फागुन २१, २०८० सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर शेयरबजारमा परेको छ। सोमबार बजार कारोबार सुरु भएसँगै शेयरबजार सूचक बढेको छ। समाचार तयार पार्दासम्म बजार ११७.७० अंकले बढेर २०७८.०० को विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ६.०० प्रतिशत पुगेको छ।

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री सोमबार, फागुन २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ गठबन्धन बनेको सन्देश सुनाउन राष्ट्रपति निवास जान लागेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग समय लिएर प्रधानमन्त्री दाहाल शीतल निवास आउन लागेको त्यहाँ निकट स्रोतले जनाएको छ।

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा र जसपा सरकारमा सहभागि हुँदै, रवि र उपेन्द्र पनि मन्त्री बन्दै सोमबार, फागुन २१, २०८० नेकपा माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्रिमण्डल गठन गर्ने सहमति गरेको छ। प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल...

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ सोमबार, फागुन २१, २०८०

गठबन्धन तोडेको माओवादी भन्छ– कांग्रेसले सरकारलाई साथ दिएन सोमबार, फागुन २१, २०८० नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काम कारबाहीमा कांग्रेसले साथ नदिएकाले क्याविनेट पुन गठन अघि बढाइएको बताएका छन्।सोमबार बालुवाटारमा नयाँ सत्ता समीकरण एमाले–माओवादी–रास्वपाको शीर्ष बैठक चलिरहँदा पौडेलले प्रधानमन्त्रीले जनताको डेलिभरीलाई गति दिने काममा कांग्रेसले साथ नदिएपछि मंसिरदेखि नै मन्त्री फेर्ने कुरा गरिरहेको भन्दै सरकारको कामलाई...









