News Griha :: न्यूजगृह
सत्ता समीकरणको प्रभाव शेयर बजारमा, मूल्यमा एक्कासि उछाल

काठमाडौं– सत्ता समीकरणसँगै सरकारमा नेतृत्व फेरबदल हुने भएको असर शेयर बजारमा परेको छ। सोमबार बजार कारोबार सुरु भएसँगै शेयर बजार सूचक बढेको छ। 

समाचार तयार पार्दासम्म बजार ११७.७० अंकले बढेर २०७८.०० को विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ६.०० प्रतिशत पुगेको छ। 

म्युचअल फण्डबाहेक सबै उपसमूहका सूचक बढेका छन्। बजार खुलेको ३ मिनेटमै ४ प्रतिशतले बढेको कारोबारमा दुई पटक सकारात्मक सर्किट लागेको छ। 

रिडि पावर, शिवश्री हाइड्रो, राप्ती हाइड्रो, मेन्छीयम हाइड्रो रिलायबल लाइफ इन्स्योरेन्स, बाराही हाइड्रो, जोशी हाइड्रोपावर,अरुणभ्याली हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर लगायतका कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १२:५६
Weather Update