News Griha :: न्यूजगृह
तीन मन्त्रीको शपथ ५ बजे

काठमाडौं– सत्ता गठबन्धन फेरिएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ। राष्ट्रपति कार्यालयले शपथको तयारी गरेको छ।

माओवादीले नुवाकोट-१ का सांसद हितबहादुर तामाङलाई मन्त्री बनाउने निर्णय गरेको छ। त्यस्तै एमालेबाट पर्वतका सांसद पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापतिसमेत रहेका डीपी अर्यालले मन्त्रीको शपथ लिनेछन् ।

गिरी यसअघि स्वास्थ्यमन्त्री, तामाङ युवा तथा खेलकुदमन्त्री र अर्याल श्रममन्त्री थिए।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:५१
Weather Update