News Griha :: न्यूजगृह
नेपालले नेदरल्यान्ड्सलाई दियो १८५ रनको लक्ष्य

काठमाडौं– त्रिकोणात्मक टी–२० आई शृंखलाको उपाधिका लागि नेपालले नेदरल्यान्ड्सलाई १८५ रनको चुनौती दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८४ रन बनायो। 

नेपालका लागि ओपनिङ ब्याटर आसिफ शेखले सर्वाधिक ४७ रन बनाए। ३७ बलको सामना गरेका उनले ३ छक्का र १ चौका प्रहार गरे। 

यस्तै, गुलशन झाले ३४ रन बनाए। २५ बलको सामना गरेका उनले १ छक्का र ३ चौका प्रहार गरे। नेपालका लागि कुशल मल्लले २६ तथा कप्तान रोहित पौडेलले २५ रन बनाए। ११ बलको सामना गरेका कुशलले ३ छक्का हिर्काए। यस्तै, १९ बलको सामना गरेका कप्तान पौडेलले ३ चौका र १ छक्का प्रहार गरे। 

ओपनिङ ब्याटर कुशल भुर्तेलले २० रन बनाए। १० बलको सामना गरेका उनले २ छक्का र १ चौका प्रहार गरे। 

दीपेन्द्र सिंह ऐरी १ रन बनाएर आउट हुँदा करन केसीले ९ रनको योगदान दिए। सोमपाल कामी र प्रतिस जीसी ६–६ रनमा नटआउट रहे। 

नेपालविरुद्ध नेदरल्याण्ड्सका फर्द क्लासेन, टिम भान डर गुगटेन, स्याब्रान्ड एंगेलब्रेक्ट र माइकल लेभिटले समान २–२ विकेट लिए।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:१०
Weather Update