News Griha :: न्यूजगृह
मोरङमा गाडीको ठक्करले एक जनाको मृत्यु

विराटनगर– मोरङको ग्रामथान गाउँपालिकामा भएको दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ। पहिचान नखुलेको सवारी साधनको ठक्करबाट सोमबार राति ग्रामथान गाउँपालिका-६ का ३० वर्षीय सुरज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ।

ग्रामथान-६ नेता चोक भन्ने स्थानमा सिकिस्त घाइते अवस्थामा माझी फेला परेका थिए। उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो।

उपचारकै क्रममा माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । पैदलयात्राका क्रममा उनलाई सवारी साधनले ठक्कर दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

उनलाई ठक्कर दिने सवारी साधनको खोजीका साथै घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  ११:०८
Weather Update