अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला

विराटनगर– नोबेल शिक्षण अस्पतालको शौचालयमा मृत अवस्थामा नवराज शिशु फेला परेका छन् ।
आकस्मिक कक्षको महिला शौचालयमा सालनालसहितको शिशु मंगलबार राति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
अवैध यौन सम्पर्कबाट गर्भ बसेपछि जन्मिएको शिशुलाई शौचालयमा फ्यालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनाबारे अनुसन्धान भइरहको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १०:५५













