News Griha :: न्यूजगृह
आज पनि बढ्यो सुनको मूल्य, तोलाकै एक लाख २३ हजार पाँच सय

काठमाडौं– नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २३ हजार पाँच सय रुपैयाँ तोकिएको छ। 

अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला पाँच सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २२ हजार नौ सय रुपैयाँ कायम भएको छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख २२ हजार चार सय रुपैयाँ थियो ।    
 
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार चार सय ४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ। 

महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक  कारोबार मूल्य तोक्दै आएको छ। अन्तरराष्ट्रिय बजारमा हाल सुन प्रति औँस दुई हजार एक सय २६ डलर आसपास कारोबार भइरहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८०  ११:३०
Weather Update