News Griha :: न्यूजगृह
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा कायम भएको छ ।यूरो एकको खरिद दर १४४ रुपैयाँ ३ पैसा र बिक्री दर १४४ रुपैयाँ ६८...
आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै
आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस । विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष मार्च ८ मा यो दिवस मनाउने गरिन्छ। नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने गरिएको छ। 
क्यानडामा छुरा प्रहारबाट ६ जनाको हत्या
क्यानडामा छुरा प्रहारबाट ६ जनाको हत्या क्यानडामा छुरी प्रहार हुँदा ६ जनाको मृत्यु भएको छ। राजधानी ओटावामा भएको घटनामा श्रीलङ्काका एक १९ वर्षीय विद्यार्थीले आफ्ना ६ जना रुममेटलाई छुरा प्रहार गरी हत्या गरेको क्यानडा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चार बालबालिका श्रीलंकन रहेका छन्। हत्या गर्ने १९ वर्षीय विद्यार्थीलाई भने नियन्त्रणमा लिइएको छ ।
आज पशुपति क्षेत्रमा हुने चापलाई मिलाउन यसरी हुँदैछ सवारी ‘डाइभर्सन’
आज पशुपति क्षेत्रमा हुने चापलाई मिलाउन यसरी हुँदैछ सवारी ‘डाइभर्सन’ महाशिवरात्री पर्वको अवसरमा पशुपति क्षेत्रमा हुने भक्तजनको घुइँचोलाई लक्षित गर्दै प्रहरीले सवारी डाइभर्सन गरेको छ । प्रहरीले महाशिवरात्रीलाई लक्षित गरी ५१३ जना ट्राफिक प्रहरी त्यस क्षेत्रमा खटाएको छ । 
आज सेना दिवस, नेपाली सेनाले २६१ औँ वार्षिकोत्सव मनाउँदै
आज सेना दिवस, नेपाली सेनाले २६१ औँ वार्षिकोत्सव मनाउँदै नेपाली सेनाले आज २६१ औँ वार्षिकोत्सव मनाउँदै छ। विविध सैनिक कला, सांस्कृतिक एवम् सांगीतिक प्रस्तुतिका साथ सेनाले देशभर दिवस मनाउँदै छ। काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा सेनाले गर्ने कार्यक्रममा राष्ट्रपति एवम् सेनाका परमाधिपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तिहरू कार्यक्रममा सहभागी हुँदैछन् । 
आज महाशिवरात्रि, पशुपति क्षेत्रमा भक्तजनको घुइँचो
आज महाशिवरात्रि, पशुपति क्षेत्रमा भक्तजनको घुइँचो आज महाशिवरात्रि पर्व, पशुपति क्षेत्रमा भक्तजनको विशेष घुइँचो लागेको छ। हरेक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वमा भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइदैछ।
आज देशभरको मौसम सफा रहने
आज देशभरको मौसम सफा रहने आज देशभरको मौसम सफा रहनेअहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।दिउँसोको समयमा भने कोशी, बागमती र  गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना ...
पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट निगरानी 
पाशुपत क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन, ड्रोनबाट निगरानी  पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ आजैदेखि लागू गरेको हो।कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए। उनीहरु आज राति...
जसपाले टुंग्यायो सरकारमा जाने मन्त्रीको नाम, उपेन्द्रले स्वास्थ्य र नवलकिशोरले वन मन्त्रालय सम्हाल्ने
जसपाले टुंग्यायो सरकारमा जाने मन्त्रीको नाम, उपेन्द्रले स्वास्थ्य र नवलकिशोरले वन मन्त्रालय सम्हाल्ने जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।बिहीबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।
शिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ?, यी स्थानमा गर्न सकिन्छ पार्किङ 
शिवरात्रिमा पशुपति जाँदै हुनुहुन्छ?, यी स्थानमा गर्न सकिन्छ पार्किङ  गौशाला क्षेत्रमा शिवरात्रिमा दिन शुक्रबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भूमिका निर्वाह गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले सबैलाई आग्रहसमेत गरेका छन्। उनका अनुसार महाशिवरात्रि मेलाको ट्राफिक व्यवस्थापन गर्नको लागि ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ। प्वाइन्ट ड्युटी, पार्किङ ड्युटी, डाइभर्सन ड्युटी लगायतमा...
यी चार प्रदेशमा राति हिउँ पर्ने सम्भावना 
यी चार प्रदेशमा राति हिउँ पर्ने सम्भावना  नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव जारी छ। जसका कारण आज राति कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
Weather Update