News Griha :: न्यूजगृह
बाँदर नियन्त्रण तालिम लिन नेपाली टोली भारत गयाे
बाँदर नियन्त्रण तालिम लिन नेपाली टोली भारत गयाे उनले भनिन्, ‘बाँदरलाई यत्तिकै मार्न हुँदैन। यो हाम्रो बाटो होइन् भन्ने छलफल भएको थियो। नियन्त्रण कसरी गर्ने भन्ने कुराहरू उठिरहँदा हामीले उपाय निकालेका हौं। तालिम लिन सक्यौ भने चाँहि हामी नियन्त्रण गर्न सक्छौँ। यो कुरा मन्त्रालयसामु पनि कुरा राख्यौं र मन्त्रालयले पनि प्रतिक्रिया दिएपछि आज यो ठाउँमा पुग्यौं।’
भारतीय नागरिकले चलाएका थिए मनी ट्रान्सफर सञ्चालकमाथि गोली [अपडेट]
भारतीय नागरिकले चलाएका थिए मनी ट्रान्सफर सञ्चालकमाथि गोली [अपडेट]  रौटहटको परोहा नगरपालिका–९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालकलाई गोली हानी भाग्दै गरेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।शुक्रबार दिउँसो १ बजेतिर आईएमई सञ्चालक २४ वर्षीय नितेश साहलाई गोली हानी भाग्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रामपुरखापबाट खटिएको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। 
विन्ध्यवासिनी म्युजिक अवार्डः : गायनमा निशान र काव्या सर्वोत्कृष्ट
विन्ध्यवासिनी म्युजिक अवार्डः : गायनमा निशान र काव्या सर्वोत्कृष्ट १४ औं संस्करणको ‘विन्ध्यवासिनी म्युजिक अवार्ड’मा गायकतर्फ निशान भट्टराई र गायिकातर्फ काव्या आचार्यले क्रमशः ‘सर्वोत्कृष्ट गायक’ र ‘सर्वोत्कृष्ट गायिका’को अवार्ड जितेका छन्।
इलाम–२ को उम्मेदवार बन्न ओलीको निर्णय पर्खँदै खनाल
इलाम–२ को उम्मेदवार बन्न ओलीको निर्णय पर्खँदै खनाल न्यूजगृहसँगको कुराकानीमा खनालले नेकपा एकीकृत समाजवादीबाट मात्रै चुनावमा नजाने उल्लेख गर्दै वर्तमान गठबन्धनबाट साझा उम्मेदवारका रुपमा प्रस्ताव आए पछि नहट्ने बताए। उनले कांग्रेसकै नेताहरूले पनि सहयोग गर्ने आश्वासन दिएको सुनाए। उनले भने, ‘अहिले इलामको अवस्था सुन्दा, इलामेको भावना बुझ्दा इलामे जनताले मलाई सम्झिरहेका छन्। केही दिन अघि म इलाम गएका...
आन्दोलनरत दुग्ध किसानले तत्काल भुक्तानी पाउँदै
आन्दोलनरत दुग्ध किसानले तत्काल भुक्तानी पाउँदै अर्थ मन्त्रालयले दुग्ध किसानलाई दिन बाँकी भुक्तानी तत्काल गर्ने भएको छ।अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव डा रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन्। 
कावासोतीबाट गैँडा स्थानान्तरण सुरु
कावासोतीबाट गैँडा स्थानान्तरण सुरु निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका केही गैँडा निकुञ्जको पूर्वी क्षेत्रमा आन्तरिक रुपमा स्थानान्तरण गर्न लागिएको निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार शुक्रबार देवचुली नगरपालिकाको महाराजा सामुदायिक वन आसपास बस्दै आएको २८ वर्ष हाराहारीको गैँडा कावासोती नगरपालिका–२ स्थित वनबाट नियन्त्रणमा...
प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध
प्रतिनिधि सभा बैठकमा कांग्रेसको अवरोध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण प्रतिनिधि सभा बैठक अवरुद्ध भएको छ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी ऐनको संशोधन विधेयक प्रस्तुत गर्न नदिने भन्दै कांग्रेसले शुक्रबार प्रतिनिध सभा बैठकमा अवरोध गरेको हो। 
खैरो हेरोइन, गाँजा र ५ लाख बढी नगदसहित ४ जना पक्राउ
खैरो हेरोइन, गाँजा र ५ लाख बढी नगदसहित ४ जना पक्राउ मोरङको सुन्दरहरैँचा नगरपालिका–३ की ३० वर्षीया सुनिता राईलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।उनको घरमा लागूऔषध किनबेच हुने गरेको सूचनापछि प्रहरीले खानतलासी गरेको थियो। त्यसक्रममा उनलाई इलाका प्रहरी बेलबारीको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।उनको घरबाट १० ग्राम खैरो हेरोइन, साढे ३ किलो गाँजा र करिब ५ लाख...
रौतटहमा गोली चल्यो, मनिट्रान्सफर सञ्चालक घाइते
रौतटहमा गोली चल्यो, मनिट्रान्सफर सञ्चालक घाइते मनिट्रान्सफर सञ्चालक माथि रौतहटमा गोली प्रहार भएको छ।शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको छ।
सुन तस्करी प्रकरणबारे निर्णय गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
सुन तस्करी प्रकरणबारे निर्णय गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री प्रचण्डले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा आवश्यक निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। यस्तै, तस्करीमा संलग्नहरुमाथि अनुसन्धान गर्ने अधिकारीहरुले पाएको जिम्मेवारीअनुसार काम नगरेको र अनुसन्धानमा लापरबाही गरेको देखिएको भन्दै आयोगले गरेको सिफारिसअनुसार कारबाहीको विषयमा पनि मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने बताइएको छ। 
सुन प्रकरण: पूर्वउपराष्ट्रपति र बहालवाला अर्थमन्त्रीमाथि सदनमा उठ्यो प्रश्न 
सुन प्रकरण: पूर्वउपराष्ट्रपति र बहालवाला अर्थमन्त्रीमाथि सदनमा उठ्यो प्रश्न  संसद्‌मा पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको सम्पत्ति छानबिन गर्नुपर्ने माग उठेको छ।शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस सांसद राजन केसीले पुनको सम्पत्ति छानबिन गर्न माग गरेका हुन्।१० वर्षअघि कोठामा बस्ने पुनले अहिले ५ रोपनीको जग्गामा दरबार ठड्याएको भन्दै स्रोत खुलाउन माग गरे।
दक्षिण कोरियामा पुटिन समर्थक नृत्यङ्गनाको प्रदर्शन रद्द
दक्षिण कोरियामा पुटिन समर्थक नृत्यङ्गनाको प्रदर्शन रद्द रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थक मानिएकी नर्तक स्वेतलाना जाखारोभाको कोरियामा तय गरिएको ब्याले प्रस्तुति विवादमा परेपछि रद्द गरिएको छ।जाखारोभा बोलशोई ब्यालेको युक्रेनी मूलकी रुसी प्रिन्सिपल हुन। विशेष गरी मस्को र कीभबीच चलिरहेको द्वन्द्वकोबीचमा पुटिनलाई समर्थन गर्ने व्यक्तिहरूलाई शो अनुमति दिने उपयुक्त समय नभएकाले नृत्य शो रद्द गरिएको आयोजकले जनाएको...
Weather Update