
काठमाडौं— रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको समर्थक मानिएकी नर्तक स्वेतलाना जाखारोभाको कोरियामा तय गरिएको ब्याले प्रस्तुति विवादमा परेपछि रद्द गरिएको छ।
जाखारोभा बोलशोई ब्यालेको युक्रेनी मूलकी रुसी प्रिन्सिपल हुन। विशेष गरी मस्को र कीभबीच चलिरहेको द्वन्द्वकोबीचमा पुटिनलाई समर्थन गर्ने व्यक्तिहरूलाई शो अनुमति दिने उपयुक्त समय नभएकाले नृत्य शो रद्द गरिएको आयोजकले जनाएको छ।
दक्षिण कोरियाको राजधानी सियोल कला केन्द्रमा अप्रिल १७ देखि २१ सम्म चार दिनलाई तय गरिएको ‘मोडान्से’ शीर्षकको प्रदर्शन कोको च्यानलको जीवन चित्रण गर्दै जाखारोभा लाई प्रदर्शन गर्ने उद्देश्य थियो।
संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयसँग आबद्ध केन्द्रले आज कार्यक्रम रद्द गरिएको घोषणा गरेको हो।
‘मोडानसेको कोरियाली लेग दर्शक र कलाकार दुवैको सुरक्षाको प्रत्याभूतिको लागि रद्द गरिएको जानकारी गराउँदा हामी दुःखी छौं। हामी यस प्रस्तुतिको अपेक्षा गर्नुहुने सम्पूर्ण दर्शकहरू प्रति हार्दिक क्षमाप्रार्थी छौं र हाम्रो वाध्यता बुझिदिनुहुन अनुरोध गर्दछौँ,’ केन्द्रले आफ्नो सूचनामा भनेको छ।