खैरो हेरोइन, गाँजा र ५ लाख बढी नगदसहित ४ जना पक्राउ

विराटनगर— मोरङको सुन्दरहरैँचा नगरपालिका–३ की ३० वर्षीया सुनिता राईलाई खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरेको छ।
उनको घरमा लागूऔषध किनबेच हुने गरेको सूचनापछि प्रहरीले खानतलासी गरेको थियो। त्यसक्रममा उनलाई इलाका प्रहरी बेलबारीको टोलीले बिहीबार साँझ पक्राउ गरेको हो।
उनको घरबाट १० ग्राम खैरो हेरोइन, साढे ३ किलो गाँजा र करिब ५ लाख ३८ हजार रुपैयाँ, मोबाइल, ढक तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैगरी सुन्दरहरैँचा–३ गछियाका २३ वर्षीय प्रज्वल सुवेदी र २० वर्षीय आशिष ठाकुरलाई नियन्त्रित लागूऔषधि सहित प्रहरीले पक्राउ गरेको छ।
उनीहरुको साथबाट फेरागन, डाइजेपाम, एभिल, लुपिजेसिक लगायत विभिन्न लागूऔषधि बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी २४ वर्षीय संगम आचार्यलाई पनि प्रहरीले विभिन्न नामका लागूऔषधि सहित पक्राउ गरेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १४:१३