सुन तस्करलाई जोगाउन सीआईबी प्रमुख नै सक्रिय? शुक्रबार, चैत २, २०८०

देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फस्यो : कांग्रेस सांसद केसी शुक्रबार, चैत २, २०८० नेपाली कांग्रेस सांसद अर्जुन नरसिंह केसीले देश तस्कर र शक्तिशालीहरूको लुटको महाजालोमा फसेको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सुन काण्डमा संलग्न भएका सबै दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरे।उनले देशकै सबैभन्दा भ्रष्टाचारको ठूलो काण्ड एनसेल प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे।

कांग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा शुक्रबार, चैत २, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।शुक्रबार प्रतिनिधि सभा बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद प्रदीप पौडेलले विवादित व्यक्ति लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताका आधारमा राजीनामा दिन माग गरेका हुन्।

टीआरसी विधेयकमा फेरि अलमल, कानुनमन्त्री के भन्छन् ? शुक्रबार, चैत २, २०८० सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता नागरिक छानबिन आयोग सम्बन्धी (टीआरसी) विधेयक टुंग्याउन अझै केही समय लाग्ने भएको छ।शुक्रबार सिंहदरबारस्थित कानुन समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल भएको थियो। छलफलपछि कानुनमन्त्री पदम गिरीले छिटो भन्दा छिटो टीआरसी विधेयकलाई टुंग्याएर संसद्मा लैजान आफू तयार रहेको...

सुन तस्करी प्रकरणमा महरामाथि अनुसन्धान गर्न प्रधानमन्त्रीको ‘ग्रीन सिग्नल’ शुक्रबार, चैत २, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न ‘सहमति’ दिएका छन्। नेपालमा सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी जाँचबुझ गर्न गठित आयोगले महरामाथि थप अनुसन्धान गर्न तथा मुद्दा चलाउन सिफारिस गरेको थियो। आयोगले बिहीबार उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई आफ्नो प्रतिवेदन बुझाएको थियो।
सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर शुक्रबार, चैत २, २०८० नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँ कायम भएको छ।

प्रधानमन्त्रीले पर्सि पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने, व्यवसायी उत्साहित शुक्रबार, चैत २, २०८० पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आइतबार पर्यटकीय राजधानी घोषणा गर्न लागिएको हो।गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रम गरिने प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए।

१९ वर्षीया युवतीको शव पशुपतिको जंगलमा झुण्डिएको अवस्थामा भेटियो शुक्रबार, चैत २, २०८० पशुपति क्षेत्रको जंगलमा १९ वर्षीया युवतीको शव भेटिएको छ।पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलमा सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भई हाल कपनमा बस्दै आएकी युवतीको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरी परिसर काठमाडौंका अनुसार उक्त शव १९ वर्षीया सुस्मिता थापाको हो।

सुन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न प्रधानमन्त्रीले दिए निर्देशन शुक्रबार, चैत २, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन्। उपप्रधानमन्त्री लामिछानेमार्फत शुक्रबार आयोगको प्रतिवेदन बुझ्दै प्रधानमन्त्री प्रचण्डले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदनले औँल्याएका सिफारिस कार्यान्वयनको सुनिश्चितता गर्न निर्देशन दिए।

दोस्रो सातामा रेखाको ‘उपहार’ शुक्रबार, चैत २, २०८० गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘उपहार’ शुक्रबारबाट दोस्रो सातामा प्रवेश गरेको छ। दर्शकबाट राम्रो ‘वर्ड अफ माउथ’ पाएकाले फिल्म पहिलो हप्ताको शोलाई यथावत राख्दै दोस्रो सातामा प्रवेश गरेको हो। ज्ञानेन्द्र देउजाद्वारा निर्देशित यो फिल्म यतिबेला देशभरका हलहरूमा प्रदर्शन भइरहेको छ। अभिनेत्री रेखा थापाले ‘मालिका’पछि यो...

गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई बुझाए सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन शुक्रबार, चैत २, २०८० उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन बुझाएका छन्।शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका गृहमन्त्री लामिछानेले प्रतिवेदन बुझाउँदै कार्यान्वयनका विषयमा परामर्श समेत गरेका छन्।

प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मुस्ताफा नियुक्त शुक्रबार, चैत २, २०८० प्यालेस्टाइनको नयाँ प्रधानमन्त्रीमा मोहम्मद मुस्तफा चयन भएका छन्। उनलाई राष्ट्रपति महमूद अब्बासले नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरे। प्यालेस्टाइनमा तत्कालीन प्रधानमन्त्री मोहम्मद सतेह लगायतले १८ दिन अघि राजीनामा दिएका थिए। त्यसपछि मुस्ताफा नयाँ प्रधानमन्त्रीमा राष्ट्रपति अब्बासले चयन गरेका हुन्।

सिन्धुलीको दुम्जाडाँडामा बम विस्फोट, जनमुक्ति सेनाको पर्चा भेटियो शुक्रबार, चैत २, २०८० सिन्धुलीको सुनकोशी गाउँपालिका– १ दुम्जा डाँडास्थित नेपाल टेलिकमको टावर परिसरमा बम विस्फोट भएको छ। शुक्रबार बिहान करिब ३ बजेतिर दुम्जा डाँडास्थित बीपी पार्कमा रहेको नेपाल टेलिकमको टावर परिसरमा प्रेसर कुकर बम विस्फोट भएको हो।









