सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको स्थिर
काठमाडौं— नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेर प्रतितोला एक लाख २५ हजार चार सय रुपैयाँ कायम भएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख २५ हजार आठ सय थियो। यसैगरी, तेजाबी सुनको मूल्यमा पनि प्रतितोला चार सयले घटेर प्रतितोला एक लाख २४ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २५ हजार दुई सय थियो। चाँदीको मूल्य भने स्थिर रहेको छ।
शुक्रबार पनि बिहीबारको झैँ चाँदी प्रतितोला एक हजार पाँच सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० ११:४४