News Griha :: न्यूजगृह
१९ वर्षीया युवतीको शव पशुपतिको जंगलमा झुण्डिएको अवस्थामा भेटियो

काठमाडौं— पशुपति क्षेत्रको जंगलमा १९ वर्षीया युवतीको शव भेटिएको छ।

पशुपति क्षेत्रको गोरखनाथ मन्दिर नजिकैको जंगलमा सिन्धुलीको कमलामाई नगरपालिका–१ घर भई हाल कपनमा बस्दै आएकी युवतीको शव भेटिएको प्रहरीले जनाएको छ। प्रहरी परिसर काठमाडौंका अनुसार उक्त शव १९ वर्षीया सुस्मिता थापाको हो। 

उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो।  पोस्टमार्टमको लागि शवलाई टिचिङ अस्पताल लगिएको छ।

शुक्रबार बिहान मर्निङवाकमा गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। 

प्रारम्भिक अनुसन्धानबाट उनले आत्महत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ। यद्यपि, प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

उनी दुई दिनअघिदेखि घरबाट हराएकी थिइन्।

उनले दाजुलाई भक्तपुरमा रहेका आफन्तकोमा जान्छु भनेर हिँडेको पाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:०१
Weather Update