रौतटहमा गोली चल्यो, मनिट्रान्सफर सञ्चालक घाइते

काठमाडौं– मनिट्रान्सफर सञ्चालक माथि रौतहटमा गोली प्रहार भएको छ।
शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली चलेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गोली चलाउने समूहलाई समेत पक्राउ गरिएको छ।
उनीहरूको विवरण भने प्रहरीले सार्वजनिक गरेको छैन। पक्राउ पर्नेमा तीन जना छन्।
उनीहरूको साथबाट हतियार समेत बरामद भएको छ।
घाइते साहलाई थप उपचारको लागि वीरगञ्ज पठाइएको छ।
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १४:०१