News Griha :: न्यूजगृह
घाँटी रेटिएको अवस्थामा भेटियो किशोरीको शव, घटनास्थल नजिकबाट खुकुरी पनि बरामद
घाँटी रेटिएको अवस्थामा भेटियो किशोरीको शव, घटनास्थल नजिकबाट खुकुरी पनि बरामद धरान उपमहानगरपालिका- १८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचमा एकजना किशोरीको शव भेटिएको छ। घाँटी रेटेर हत्या गरि फ्याँकिएको अवस्थामा किशोरीको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।
काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालनको व्यवस्था गर्न गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालनको व्यवस्था गर्न गृहमन्त्री लामिछानेको निर्देशन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा सञ्चालन गर्ने गरी सुरक्षा लगायतका प्रबन्ध गर्न निर्देशन दिएका छन्। जसअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले पर्यटकहरुको बढी चहलपहल हुने क्षेत्र २४ सै घण्टा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ। सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन...
सभामुख विदेश भ्रमणमा जाने भएपछि प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित
सभामुख विदेश भ्रमणमा जाने भएपछि प्रतिनिधि सभा बैठक १० दिनका लागि स्थगित १० दिनका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेका सभामुख घिमिरे चैत ८ गते, बिहीबार विदेश भ्रमणमा जाँदैछन्। स्विट्‌जरल्याण्डको जेनेभामा हुने अन्तरव्यवस्थापिका संघ (आइपियू)को १४८औँ सम्मेलनमा भाग लिन सभामुखसहित पदाधिकारीहरुको टोली त्यसतर्फ जान लागेको हो। सभामुख नेतृत्वको  संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला,...
बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले विनोद चौधरीमाथि सुरु गर्‍यो अनुसन्धान
बाँसबारीको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले विनोद चौधरीमाथि सुरु गर्‍यो अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका सांसद तथा अर्वपति व्यवसायी विनोद चौधरीमाथि अनुसन्धान अगाडि बढाएको छ। बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले चौधरीमाथि अनुसन्धान अगाडि बढाएको हो।प्रतिनिधि सभा सदस्य रहेका चौधरीमाथि अनुसन्धान भइरहेको विषयमा सीआईबीले सभामुख देवराज घिमिरेलाई समेत जानकारी गराएको छ।
पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध ‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु
पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध ‘एचपीभी’ खोपको दोस्रो मात्रा लगाउन सुरु पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरिएको छ। यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरिएको हो। पहिलो मात्रा खोप लगाएका ९ हजार ९९९ किशोरीलाई दोस्रो मात्रा लगाउन थालिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख...
अर्थमन्त्री भन्छन्– हामीसँग पैसाको कमी छैन, खर्च गर्ने क्षमता भएन
अर्थमन्त्री भन्छन्– हामीसँग पैसाको कमी छैन, खर्च गर्ने क्षमता भएन अर्थमन्त्री वर्षमान पुनले अहिले देशमा पैसाको कमी नभएको बताएका छन्। तर खर्च गर्ने क्षमता भने नभएको उनको भनाइ छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा   विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले विकास साझेदारहरुबाट ५ खर्ब बराबरको ऋण तथा अनुदान सहयोगको प्रतिबद्धता भए पनि खर्च...
आईसीसीका अध्यक्षसँग प्रधानमन्त्री प्रचण्डले भने– नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा पनि महत्त्व पाउँदैछ
आईसीसीका अध्यक्षसँग प्रधानमन्त्री प्रचण्डले भने– नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा पनि महत्त्व पाउँदैछ अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का अध्यक्ष ग्रेज बार्क्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन्। नेपाल भ्रमणमा रहेका आईसीसीका अध्यक्ष  बार्क्लेले बुधबार बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन्। भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आइसीसीका अध्यक्षको भ्रमणले नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय...
अर्कैसँग सल्किएको भन्दै श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
अर्कैसँग सल्किएको भन्दै श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या बमबहादुर र गीताको स्थायी ठेगना खुलेको छैन। उनीहरु बेलबारी नगरपालिका–१ भेडाटोलस्थित निर्मला राईको घरमा ४ वर्षदेखि डेरा बस्दै आएका थिए। डेरा नजिकका छिमेकीहरुका अनुसार बमबहादुरले श्रीमती गीतालाई पहिले पनि पटक पटक कुटपिट गर्ने गरेका थिए। आफूलाई छाडेर अर्कैसँग सल्किएको भन्दै उनले पटक–पटक गीतामाथि कुटपिट गर्ने गरेको भनेर स्थानीयले जानकारी दिएको...
नेप्सेमा ३.३४ अंकको गिरावट, कारोबार पनि घट्यो
नेप्सेमा ३.३४ अंकको गिरावट, कारोबार पनि घट्यो शेयर बजार परिसूचक नेप्से बुधबार ३.३४ अंकले घट्दै २०६३.९५ विन्दुमा आएको छ। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। साताको तेस्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको थियो। बुधबार ९४ लाख ४५ हजार ६९७ कित्ता शेयर किनबेच भएको छ। कारोबार रकम ३ अर्ब ४९ करोड...
ओलीको प्रश्नः काठमाडौंका १० मध्य १ क्षेत्रमा मात्र कसरी जितियो? 
ओलीको प्रश्नः काठमाडौंका १० मध्य १ क्षेत्रमा मात्र कसरी जितियो?  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका निर्वाचन क्षेत्रहरूमा हार स्वीकार्य नहुने भन्दै पार्टी कार्यकर्तालाई संगठन निर्माणमा लाग्न निर्देशन दिएका छन्। नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले काठमाडौंमा एमालेको प्रदर्शन कमजोर भएको भन्दै सुधार्न आवश्यक रहेको औंल्याए। उनले भने, राजधानीले सिंगो देशको प्रतिनिधित्व गर्छ। काठमाडौंमा...
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराबाट पीएसओको सुविधा खोसियो
सुन तस्करी प्रकरणमा पक्राउ परेका महराबाट पीएसओको सुविधा खोसियो सुन तस्करी प्रकरणको छानबिनका लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महराका व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) खोसिएका छन्। गृह मन्त्रालयको निर्देशनानुसार प्रहरी प्रधान कार्यालयले महराका पीएसओलाई फिर्ता बोलाएको हो। महराको व्यक्तिगत सुरक्षाका लागि प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) १ जना र वरिष्ठ हवल्दार १ जना गरी २...
 नेपालीलाई जुवा खेलाउने सीएमजी क्यासिनोका तीन कर्मचारीसहित ४ पक्राउ
 नेपालीलाई जुवा खेलाउने सीएमजी क्यासिनोका तीन कर्मचारीसहित ४ पक्राउ वीरगञ्जको सीएमजी क्लब क्यासिनोबाट चार नेपाली नागरिक पक्राउ परेका छन्।वीरगञ्ज महानगरपालिका–१५ भिश्वा होटलको सीएमजी क्लब क्यासिनोबाट चार नेपालीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो।
Weather Update