News Griha :: न्यूजगृह
संसद् बैठकमा अर्थमन्त्रीको खोजी, सांसदले रोके भाषण
संसद् बैठकमा अर्थमन्त्रीको खोजी, सांसदले रोके भाषण विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रतिनिधि सभाको रोस्ट्रममा पुगेपछि अर्थमन्त्री वर्षमान पुन नदेखेपछि सांसद खतिवडाले अर्थमन्त्री उपस्थित नभएको बारे प्रश्न उठाए। विनियोज विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहँदा अर्थमन्त्री नै संसद् बैठकमा अनुपस्थित भएको भन्दै उनले मन्त्री नआउन्जेल छलफल गर्नुको अर्थ नहुनेबारे सभामुखको ध्यानाकर्षण गराए। 
९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता
९० वर्षीया वृद्धालाई घरमै पुगेर नागरिकता जिल्ला प्रशासन कार्यालय डोटीले एक वृद्धालाई घरमै नागरिकता उपलब्ध गराको छ। सायल गाउँपालिका–२ सिर्माकी ९० वर्षीया कलसी थापा ओलीलाई घरमै नागरिकता उपलब्ध गराइएको हो। कार्यालयका कर्मचारी लालबहादुर बोगटीलाई वृद्धाको घरमा पठाएर नागरिकता दिइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए।
नेपाली क्रिकेट टोलीको घोषणा, को-को परे टोलीमा?
नेपाली क्रिकेट टोलीको घोषणा, को-को परे टोलीमा? क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको  घोषणा गरेको हो। छनोट हुने नेपाली टोलीमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द...
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग
गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसको माग नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गरको छ। बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुखसँग समय माग्दै कांग्रेस सांसद ईश्वरी न्यौपानेले छानबिन समिति बनाउन माग गर्दै नभए सदन चल्न नदिने चेतावनी दिएकी हुन्। 
अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँका बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति 
अत्याधुनिक हतियारसहित पक्राउ परेका दुर्गा प्रसाईँका बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न अनुमति  सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका व्यवसायी दुर्गा प्रसाईँका बडीगार्डलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। सर्वोच्च अदालत परिसरबाट अत्याधुनिक हतियार  एसएल आर २२ बोरसहित पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का र अर्का रामकुमार धिमाललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले...
इलाम २: कांग्रेस, एमाले, रास्वपा, राप्रपासहित पहिचान पक्षधर पनि चुनावी मैदानमा
इलाम २: कांग्रेस, एमाले, रास्वपा, राप्रपासहित पहिचान पक्षधर पनि चुनावी मैदानमा इलाम क्षेत्र नम्बर- २ मा हुने उपनिर्वाचनले राजनीतिक दलको सक्रियता बढेको छ। जिल्लामा क्रियाशील दल उपनिर्वाचनमा आफ्नो पार्टीलाई अब्बल बनाउने गृहकार्यका साथ मतदाता नजिक पुग्न थालेका छन् भने यो उपनिर्वाचनमा इलाममा स्वतन्त्र उम्मेदवारको संख्या पनि बढ्ने देखिएको छ। सत्तारुढ नेकपा एमालेमा जिल्ला कमिटीबाट सिफारिस भएका ६ जनाको नाम प्रदेश कमिटीबाट...
एमालेले च्यासलमा होली मनाउने, रङको साटो अबिर खेल्ने
एमालेले च्यासलमा होली मनाउने, रङको साटो अबिर खेल्ने नेकपा एमालेले फागु पर्व होलीको अवसरमा शनिबार सांगीतिक कार्यक्रम आयोजना गरेको छ। रंगहरूको पर्व होलीको अवसरमा शुभकामना आदानप्रदानसहित सांगीतिक कार्यक्रम सञ्चालन गरिने कार्यक्रमका व्यवस्थापक एमाले नेता लालबाबु पण्डितले जानकारी दिए। पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने कार्यक्रममा दुई हजार पाँच सयभन्दा बढीले होली खेलिने पण्डितले बताए। 
मुग्लिन-पोखरा सडक विस्तार गर्दा ७० मठमन्दिर भत्किने
मुग्लिन-पोखरा सडक विस्तार गर्दा ७० मठमन्दिर भत्किने मुग्लिन-पोखरा सडक बिस्तार आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन्। राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरु भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर र दुई पार्क भत्किने छन् । 
दासढुङ्गामा ट्रक र मोटरसाइकल ठोक्किए, एकको मृत्यु
दासढुङ्गामा ट्रक र मोटरसाइकल ठोक्किए, एकको मृत्यु मृत्यु हुनेमा भरतपुर महानगरपालिका– २९ का ३२ वर्षीय सोमलाल लामा छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार वडा नं २९ दासढुङ्गामा आज बिहान ट्रक र मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
झरीमा सुन्नैपर्ने यी सात गीत
झरीमा सुन्नैपर्ने यी सात गीत हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।अहिले बागमती सहितका कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। काठमाडौं, भक्तपुर ललितपुरमा बिहानैदेखि पानी परिरहेको छ। पानी परेपछि काठमाडौंमा चिसो केही बढेको छ। गोकर्णेश्वरको धाप...
छातीमा हात राखेर सोच्नुहोस् त प्रधानमन्त्री ज्यू!
छातीमा हात राखेर सोच्नुहोस् त प्रधानमन्त्री ज्यू! प्रतिनिधि सभामा आज पनि प्रमुख प्रतिपक्षी दलले विरोध गरेको छ। संसद्‌को बैठक सुरु हुनासाथ कांग्रेस सांसदले उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेलाई आफ्नो माग राख्न समय दिएका थिए। संसद्‌मा न्यौपानले आफूहरूले विगतदेखि नै उठाउँदै आएको विषयमा प्रधानमन्त्रीले हिजो दिएको जवाफ चित्त नबुझेको बताइन। उनले भविष्यका लागि...
Weather Update