काठमाडौं— हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
अहिले बागमती सहितका कोशी र मधेस प्रदेशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। काठमाडौं, भक्तपुर ललितपुरमा बिहानैदेखि पानी परिरहेको छ। पानी परेपछि काठमाडौंमा चिसो केही बढेको छ। गोकर्णेश्वरको धाप क्षेत्रमा पछिल्लो २४ घन्टामा ३.० मिलिमिटर पानी परेको छ।
कपन क्षेत्रमा ०.६ मिलिमिटर पानी परेको छ। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासमा ०.४ मिलिमिटर वर्षा मापन भएको छ।
झरीमा रुझ्न मन नपराउने को होला ? भन्नै परेन, साहित्यकारहरूको लागि त यो प्रेमिल शब्द भइहाल्यो। वर्षालाई लिएर कति कविता तथा गीत सिर्जना भएका छन्।
सायद धेरैले यो झरीमा रुझेर प्रि–मनसुनको आनन्द लिइरहनुभएको होला। कति घरको बार्दली वा आँगनमा बसेर झरी नियालिरहनुभएको होला। कोही झरीको आनन्द लिँदै तात्तातो पप्कर्न, पकौडा या यस्तै खानेकुरा खाएर, चिया कफी पिएर नयाँपुराना सदाबहार गीतहरू सुन्दै हुनुहुन्छ होला।
यो झरीलाई यादगार बनाउन सुन्नै पर्ने सात गीतहरू :
१. ए झरी : नविन के भट्टराई
२. धेरै वर्षपछि आज फेरि त्यस्तै झरी पर्यो : यश कुमार
३. पानी पानी भयो मेरै मनपनि : नलिना चित्रकार
४. असारै महिना : छुजाङ डुक्पा
५. रिमझिम रिमझिम पानी पर्यो, तिम्रो साथले गर्नु गर्यो : दुर्गा खरेल
६. झमझम पर्यो पानी : केटाहरू
७. असार : विपुल क्षेत्री