प्रेम सुवाल र तोसिमा कार्कीलाई सभामुखले किन बोल्न दिएनन् ? बुधबार, चैत ७, २०८०

रासस सर्लाही सम्वाददाता शंकर पहाडी ठगी आरोपमा पक्राउ बुधबार, चैत ७, २०८० सर्लाही प्रहरीले ठगी आरोपमा पत्रकार शंकर पहाडीलाई पक्राउ गरेको छ।सिन्धुलीको तीनपाटन गाउँपालिका– १० घर भई हाल सर्लाहीको लालबन्दीमा बस्दै आएका एसपी गौरव भनिने ३२ वर्षीय पहाडीलाई ठगी आरोपमा बुधबार बिहान लालबन्दीबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ।पहाडी राष्ट्रिय समाचार समिति सर्लाहीका सम्वाददाता हुन्। उनले कमलामाई डटकम...

बोलेको कुरा पुर्याउने नेताको छवि बनाएका गिरिजाबाबु र उनको ढुकुर कथा बुधबार, चैत ७, २०८० उनको स्मृति दिवसमा नेपाली कांग्रेस केन्द्रीय समितिले भने कुनै कार्यक्रमको आयोजना गरेको छैन। देशभरका ७७ वटै जिल्ला कार्यसमितिले भने कोइरालालाई सम्झने भएका छन्। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रले नै सबै जिल्लालाई कार्यक्रमको आयोजना गर्न निर्देशन दिएको हो। २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर...

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह बुधबार, चैत ७, २०८० मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बुधबारदेखि तीन सातासम्म बन्द हुने भएको छ। राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउने लगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७...
-1708922853.jpg)
मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क बुधबार, चैत ७, २०८० गृह मन्त्रालयले मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८ मा मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न चार बुँदे सहमति भएकाले सो सहमतिअनुसार डेस्क स्थापना...
होली खेल्ने तयारीमा हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस् बुधबार, चैत ७, २०८० रङहरूको पर्व होली नजिकै आइसकेको छ। नेपालमा पहाडी क्षेत्रमा आइतबार र तराईका क्षेत्रमा सोमबार होली पर्व मनाइने छ।होली रङ र खुशीको पर्व हो। सबैलाई एकअर्कामा रङ दल्ने र एकअर्कामा आपसी भाइचाराको पर्वको रुपमा लिइन्छ। तर, कतिपयलाई रङको एलर्जी पनि हुन्छ।यसैगरी रङहरूमा पाइने विषाक्त पदार्थहरू तपाईं हाम्रो मुख, नाक,...

सहकारी ठगी प्रकरण: सदनमा गृहमन्त्रीमाथि ‘आक्रमण’ जारी राख्ने कांग्रेसको संकेत बुधबार, चैत ७, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुधबार पनि प्रतिनिधि सभा बैठक अवरुद्ध पार्ने भएको छ। सहकारी ठगीका विषयमा संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्दै आएको कांग्रेसले छानविन समिति गठन नभएसम्म संसद् चल्न नदिने अडान लिएको हो। सहकारी ठगीमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने स्वयम् आरोपित रहेको भन्दै त्यो आरोपबाट मुक्त...

कच्चा पदार्थको अभावमा १३७ साना उद्योग बन्द बुधबार, चैत ७, २०८० कच्चा पदार्थको अभावमा कैलाली जिल्लामा सञ्चालित १३७ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन्। कतिपय उद्योग भने सञ्चालन खर्च जुटाउन नसकेर र केही आफ्ना उत्पादनले बजार मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा बन्द भएका हुन्। घरेलु तथा साना उद्योग कार्यालयका अनुसार कतिपय उद्योगका सञ्चालक रोजगारीका लागि विदेश गएकाले पनि उद्योग बन्द...

मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या बुधबार, चैत ७, २०८० मोरङको बेलबारी नगरपालिका–१ मा गएराति श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन्।४५ वर्षीया श्रीमती गीता लिम्बुको हत्या गरेर श्रीमान ६० वर्षीय बमबहादुर लिम्बुले पनि आत्महत्या गरेका हुन्। बमबहादुरले श्रीमतीको टाउकोमा दाउ प्रहार गरेका प्रहरीले जनाएको छ। गीताको शरीरका विभिन्न भागमा समेत चोट देखिएको छ।

बेनी–जोमसोम–कोरला सडकमा पाँच पुल निर्माण बुधबार, चैत ७, २०८० गण्डकी प्रदेशको भाग्यरेखा मानिएको राष्ट्रिय गौरवको उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङमा पाँचवटा पुल निर्माण भएका छन्। बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत लोमान्थाङ गाउँपालिकामा चार र थासाङ गाउँपालिकामा पुल निर्माण भएको हो। पुल निर्माणपछि खोलाबाट सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले बताए।

बाइडेन र ट्रम्पले जिते प्राइमरी इलेक्सन बुधबार, चैत ७, २०८० अमेरिकी राष्ट्रपति जो बाइडेन र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोमा आफ्नो पार्टीको राष्ट्रपतिको प्राइमरी इलेक्सन जितेका छन्।दुवैले गत हप्ता आआफ्नो पार्टीका अनुमानित उम्मेदवार बनेपछि थप समर्थन प्राप्त गर्ने अपेक्षा गरेका छन्।ओहायोमा विजयी भएपछि ट्रम्पले एरिजोना, फ्लोरिडा, इलिनोइस र कान्सासमा प्राइमरी चुनाव सजिलै जित्ने अपेक्षा गरिएको छ। सोही समयमा,...

काठमाडौं उपत्यकामा पानी पर्न थाल्यो बुधबार, चैत ७, २०८० काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हल्का वर्षा सुरु भएको छ। अहिले ललितपुरको इमाडोल, ग्वार्को, सातदोबाटो, हरिसिद्धिलगायतका क्षेत्रमा हल्का वर्षा भइरहेको छ। काठमाडौं उपत्यकाका बाँकी क्षेत्रमा पनि बिहानैदेखि धुम्म भएको छ। आकाश खुलेको छैन भने बिहानै चिसो महसुस भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज उपत्यकामा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ। ...

उपत्यकामा ७३ प्रतिशत बालबालिकाको दाँतमा किरा, वयस्क ४५ प्रतिशतमा गिजाको समस्या बुधबार, चैत ७, २०८० काठमाडौं उपत्यकाभित्र ७३ प्रतिशत बालबालिकाका दाँतमा किरा लाग्ने समस्या पाइएको छ। त्यस्तै वयस्क ४५ प्रतिशतमा गिजाको समस्या देखिएको छ। ६८ विद्यालयमा गरेको अनुसन्धानका क्रममा ७३ प्रतिशत बालबालिकामा दाँत किराले खाने समस्या देखिएको पाइएको हो।









