News Griha :: न्यूजगृह
मोरङमा श्रीमतीको हत्यापछि श्रीमानले गरे आत्महत्या

काठमाडौं— मोरङको बेलबारी नगरपालिका–१ मा गएराति श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन्।

४५ वर्षीया श्रीमती गीता लिम्बुको हत्या गरेर श्रीमान ६० वर्षीय बमबहादुर लिम्बुले पनि आत्महत्या गरेका हुन्। बमबहादुरले श्रीमतीको टाउकोमा दाउ प्रहार गरेका प्रहरीले जनाएको छ। गीताको शरीरका विभिन्न भागमा समेत चोट देखिएको छ।

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले आफ्नो घाँटी रेटेर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। बमबहादुरलाई घाँटी रेटेर गम्भीर घाइते भएको अवस्थामा प्रहरीले फेला पारेको थियो।

उनको विराटनगरको नोबेल अस्पताल उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। हत्याको कारण भने खुली नसकेको प्रहरीले जनाएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०९:५३
Weather Update