News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंको मेडिकल कलेजसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चैत १२ गते निर्णय सुनाउने
दुर्गा प्रसाईंको मेडिकल कलेजसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चैत १२ गते निर्णय सुनाउने मेडिकल व्यवसायी तथा ‘राजतन्त्र पुनर्स्थापनाको अभियान्ता’ दुर्गा प्रसाईंको मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले निसु (निर्णय सुनाउने मिति) तोकेको छ। झापास्थित बी एण्ड सी अस्पतालको सम्बन्धनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले चैत १२ गते निर्णय सुनाउने मिति तोकेको हो। 
सरकारी सेवा तोकिएकै समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ लागु गरिने
सरकारी सेवा तोकिएकै समयमा उपलब्ध गराउन ‘टाइम कार्ड’ लागु गरिने सरकारी सेवाहरु तोकिएकै समयमा उपलब्ध गराउन सरकारले ‘टाइम कार्ड’  प्रणाली लागु गर्ने भएको छ। सत्तारुढ ५ दलीय गठबन्धनको न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पमा सरकारी सेवा उपलब्ध गराउन ‘टाइम कार्ड’ प्रणाली लागु गर्ने प्रतिबद्धता जनाइएको छ।मंगलबार सार्वजनिक भएको साझा संकल्पमा फरक–फरक सरकारी कार्यालयमा नागरिकता लगायत कागजात पटक–पटक बुझाउनुपर्ने झन्झट हटाइने...
सांसदहरु हाजिर लगाएर अन्यत्रै हिँडेपछि स्थगित भएको प्रतिनिधि सभा बैठक बुधबार मात्रै बस्ने
सांसदहरु हाजिर लगाएर अन्यत्रै हिँडेपछि स्थगित भएको प्रतिनिधि सभा बैठक बुधबार मात्रै बस्ने सांसदहरुको गणपुरक संख्या नपुगेपछि मंगलबार १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभाको बैठक अब बुधबार मात्रै बस्ने भएको छ। संघीय संसद् सचिवालयले सूचना टाँस गर्दै बुधबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधि सभा बैठक स्थगित भएको जनाएको छ। 
ठूलो कारोबार गर्ने सहकारीलाई केही समयका लागि राष्ट्र बैंकले नियमन गर्ने
ठूलो कारोबार गर्ने सहकारीलाई केही समयका लागि राष्ट्र बैंकले नियमन गर्ने ‘वित्तीय संस्थालाई विसंगति मुक्त बनाउने’ भन्ने शीर्षक दिइएको अनुच्छेदमा ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमनमा ल्याउने पनि भनएको छ। ‘ठूलो कारोबार गर्ने सहकारीलाई केही समय राष्ट्र बैंकको नियमन र सुपरीवेक्षणमा राख्न कानुनी प्रबन्ध गर्ने, बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेका सम्पत्ति धितोमा नेपाल राष्ट्र बैंकबाट छोटो...
सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प [पूर्णपाठ]
सदाचारको प्रत्याभूति गर्ने पाँच दलको संकल्प [पूर्णपाठ] सत्तारुढ पाँच राजनीतिक दलले सुंयक्त साझा संकल्प सार्वजनिक गरेका छन्।मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका हुन्।
सांसदहरु हाजिर लगाएर अन्यत्रै हिँडेपछि प्रतिनिधि सभा बैठक स्थगित
सांसदहरु हाजिर लगाएर अन्यत्रै हिँडेपछि प्रतिनिधि सभा बैठक स्थगित सांसदहरुको गणपुरक संख्या नपुगेपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। उक्त प्रस्तावमाथि सामान्य छलफल सकिएपछि निर्णयार्थ पेस हुँदा नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले गणपुरक संख्या यकिन गर्न माग गरेका थिए। 
आईसीसी अध्यक्ष बार्कलीलाई राखेप सदस्यसचिवले भने– नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न चाहन्छौँ 
आईसीसी अध्यक्ष बार्कलीलाई राखेप सदस्यसचिवले भने– नेपालमा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न चाहन्छौँ  राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बार्कलीबीच मंगलबार भेटवार्ता भएको छ। भेटमा सदस्य सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातावरण बनाइदिन आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल सामाग्री, हाई पर्फमेन्स तालिम केन्द्र स्थापना लगायत विषयमा सहयोगका लागि आग्रह गरे।
नेप्सेमा ६.२४ अंकको गिरावट, ३ अर्ब ६३ करोडको कारोबार 
नेप्सेमा ६.२४ अंकको गिरावट, ३ अर्ब ६३ करोडको कारोबार  साताको तेस्रो दिन नेप्से परिसूचकमा गिरावट भए पनि कारोबार रकम भने बढेको छ। मंगलबार शेयर बजार सूचक नेप्से ६.२४ अंकले घट्दै २०६७.२९ विन्दुमा रह्यो।कारोबार रकम भने हिजोका तुलनामा केही बढेको छ। ९४ लाख ७८ हजार ९ सय ३३ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ६३ करोड ३९...
राँगा काट्ने बधशालामा साथीको हत्या गरेर भारत भागेका तिखे २१ वर्षपछि पक्राउ 
राँगा काट्ने बधशालामा साथीको हत्या गरेर भारत भागेका तिखे २१ वर्षपछि पक्राउ  प्रहरीका अनुसार २१ वर्ष अगाडि (२०५९ असोज १४ गते) संजय र तिखे सहितले सँगै मादक पदार्थ सेवन गरेका थिए। मापसे गरेपछि उनीहरु काठमाडौं महानगरपालिका–१९ मरुढोका इनाटोलस्थित विनोद शाहीले सञ्चालन गरेको राँगा काट्ने बधशालामा पुगेका थिए। मापसे गरेर मात्तिएका उनीहरुबीच बधशालामा विवाद भयो।
धनगढी विमानस्थलमा अवरण लगत्तै श्री एअरको जहाजको पाङ्ग्रा फुस्कियो
धनगढी विमानस्थलमा अवरण लगत्तै श्री एअरको जहाजको पाङ्ग्रा फुस्कियो धनगढी विमानस्थलमा अवतरणका क्रममा पाङ्ग्रा फुस्किएपछि श्री एअरलाइन्सको जहाज ग्राउन्डेड भएको छ। श्री एअरलाइन्सको उडान नम्बर एएनएच २२७ को जहाज सोमबार साँझ काठमाडौंबाट यात्रु बोकेर धनगढी विमानस्थलमा अवतरण भएको थियो। विमानस्थलमा अवतरणपछि पार्किङ गर्ने क्रममा अगाडिको पाङ्गा फुस्किएर गुल्टिँदै झाडीमा पुगेको थियो। 
२ भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर समात्यो
२ भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर समात्यो मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ। बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट १ थान पेस्तोल, गोली ६ राउन्ड,...
काठमाडौंको शंखमुलमा टेम्पो पल्टियो, बालकसहित ३ जना घाइते
काठमाडौंको शंखमुलमा टेम्पो पल्टियो, बालकसहित ३ जना घाइते काठमाडौंको शंखमुलमा टेम्पो दुर्घटना भएको छ। शंखमुलको ओरालोमा टेम्पो दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। घाइते हुनेमा १ जना बालक समेत छन्। चाबहिल–शंखमुल रुटमा चल्ने बा १ ह ३८७७ नम्बरको टेम्पो शंखमुलको ओरालोमा पल्टिएको हो। बानेश्वरबाट शंखमुलतर्फ गइरहेको अवस्थामा टेम्पो पल्टिएको प्रहरीले जनाएको छ। 
Weather Update