News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंको मेडिकल कलेजसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चैत १२ गते निर्णय सुनाउने

काठमाडौं— मेडिकल व्यवसायी तथा ‘राजतन्त्र पुनर्स्थापनाको अभियान्ता’ दुर्गा प्रसाईंको मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले निसु (निर्णय सुनाउने मिति) तोकेको छ। झापास्थित बी एण्ड सी अस्पतालको सम्बन्धनसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले चैत १२ गते निर्णय सुनाउने मिति तोकेको हो। 

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको मंगलबारको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति तोकेको हो। 

बी एण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आसयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईंले सर्वोच्च अदालतमा रिट निवेदन दिएका थिए। २०७७ असार २१ असार गते दायर गरेको रिटमा प्रसाईंले काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाएका थिए। प्रसाईंले सोही सम्बन्धमा २०७७ असोज ३० गते सर्वोच्च अदालतमै अर्को रिट निवेदन समेत दायर गरेका थिए। 

प्रसाईंले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गैरकानुनी भएको र त्यसबाट आफूलाई अपुरणीय क्षति पुगेको दाबी रिटमा गरेका छन्। प्रसाईंले सर्वोच्चमा रिट दायर गरेपछि  त्यसको प्रतिवादमा शशीविक्रम कार्कीले अर्को निवेदन सर्वोच्चमा दिएका थिए। कार्कीले आफ्नो निवेदनमा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने जिकिर गरेका छन्।

सर्वोच्च अदालतले दुर्गा प्रसाईंका २ वटा निवेदन तथा ती निवेदनको प्रतिवादमा शशीविक्रम कार्कीले दर्ता गरेको अर्को निवेदनलाई पनि साथमै राखेर सुनुवाइ गरेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  १८:२४
Weather Update