
महिन्द्र राय यादवसहित तीन पदाधिकारी नेसपाबाट निष्काशित मंगलबार, चैत ६, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) को छैटौँ पूर्ण बैठकले अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवसहितलाई पदमुक्त गरेको छ। पार्टी विधि, पद्धति र अनुशासन विपरीत नेकपा माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले उनीहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मत रूपमा अमान्य घोषित गर्दै पार्टी हित विपरीतका...
![यस्तो थियो संसद्मा आज भएको सवाल जवाफ [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/Prachanda_Samsad-1710833610.png)
यस्तो थियो संसद्मा आज भएको सवाल जवाफ [पूर्णपाठ] मंगलबार, चैत ६, २०८० प्रधानमन्त्री पुष्पकलम दाहालले प्रतिनिधि सभा बैठकमा सांसदले उठाएको प्रश्नको जवाफ दिएका छन्।

गृहमन्त्री लामिछानेमाथि लागेका आरोपबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग मंगलबार, चैत ६, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणका विषयमा संसदीय छानविन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले दिएको जवाफ चित्त नबुझेको भन्दै घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गरे।

प्रधानमन्त्रीको जवाफपछि पनि सदनमा कांग्रेसको विरोध मंगलबार, चैत ६, २०८० प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिए पनि नेपाली कांग्रेसले विरोध गरेको छप्रधानमन्त्रीले जवाफका क्रममा सहकारी ठगीका विषयमा रवि लामिछानेको कुनै मुद्धा नरहेको बताएका थिए।
![११ जिल्लाका सीडीओ फेरिए [सूचीसहित]](https://newsgriha.com/uploads/posts/home-minister-of-nepal-griha-mantralaya-new-1699088703.jpg)
११ जिल्लाका सीडीओ फेरिए [सूचीसहित] मंगलबार, चैत ६, २०८० गृह मन्त्रालयले ११ वटा जिल्लाहरूमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको सरुवा गरेको छ।सङ्खुवासभामा ध्रुवबहादुर खड्का, अर्घाखाँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, धनुषामा रामराज कडरिया, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशी, तेह्रथुममा मिना अर्याल, ताप्लेजुङमा रवीन्द्र आचार्यलाई प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ।

दलित विकास प्राधिकरण स्थापना गरिने मंगलबार, चैत ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले विभेदमा परेका दलितलगायत समुदायको संविधानप्रदत्त अधिकारको रक्षा गर्ने विषयलाई अत्यन्तै गम्भीरताका साथ लिएको बताएका छन्। प्रतिनिधिसभाका सांसदहरूको प्रश्नहरूको जवाफ दिँदै उनले उपेक्षित, उत्पिडित, दलित वर्ग उत्थान विकास समिति, वादी विकास समिति र पिछडा वर्ग उत्थान विकास समितिका समस्याका बारेमा सरकार जानकार रहेको बताए।

५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र नपाएका भुम्लुबासीको समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता मंगलबार, चैत ६, २०८० प्रतिनिधिसभाका जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको बडा नम्बर ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै उनले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न निर्देशन दिइसकेको बताए ।

प्रधानमन्त्रीलाई कांग्रेस सांसदको प्रश्न— दिपेश पुन पक्राउ गरियो गृहमन्त्री लामिछानेलाई किन गरिएन ? मंगलबार, चैत ६, २०८० नेपाली कांग्रेसका सांसद दिपक गिरीले सहकारी ठगी प्रकरणमा आरोपित दिपेश पुनलाई पक्राउ गर्दा उही प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेलाई उम्काउने प्रयास गरिएको आरोप लगाएका छन्।

अनुसन्धानमा दोषी देखिनेले उन्मुक्ति पाउँदैन: प्रधानमन्त्री मंगलबार, चैत ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने बताएका छन्। प्रतिनिधि सभाका सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने बताए। उनले भने, ‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्झौता गर्दिनँ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘यसमा आफ्नो पार्टी र अरुको...

सदनमा प्रधानमन्त्री प्रचण्डको जवाफ— रवि लामिछानेविरुद्ध कुनै मुद्धा छैन मंगलबार, चैत ६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले सदनमा जवाफ दिइरहेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीको मुद्धाका आरोपीलाई किन र कसरी उपप्रधान तथा गृहमन्त्री बनाइयो भन्ने प्रश्न सोध्दै प्रधानमन्त्रीको जवाफ मागेपछि अहिले प्रधानमन्त्रीले जवाफ दिइरहेका छन्। जवाफका क्रममा प्रधानमन्त्रीले सहकारी ठगीका विषयमा रवि लामिछानेको कुनै मुद्धा नरहेको बताएका छन्। उनले...

सडक दुर्घटनाको डरलाग्दो तथ्य ! मंगलबार, चैत ६, २०८० सडक दुर्घटनाका कारण नेपालमा बर्सेनि औसतमा दुई हजार पाँच सयभन्दा बढीको ज्यान जाने गरेको भए पनि यस्ता मानवीय त्रुटि कम गर्ने सम्बन्धित पक्षले खासै ध्यान नदिएको विज्ञहरूको आरोप छ। सडक सुरक्षामा संवेदनशील नहुँदा हरेक वर्ष दुर्घटनाबाट ठूलो मानवीय क्षति हुँदै आएको छ। नेपालमा सवारी साधनको सङ्ख्याका हिसाबले दुईपाङ्ग्रे सवारी साधन...

बागलुङ दुर्घटनाका घाइते भन्छन्- चालकको लापरबाहीले दुर्घटना भयो मंगलबार, चैत ६, २०८० ‘सोमबार दिउँसो १२ बजेतिर रुकुम पश्चिमबाट काठमाडौंका लागि छुट्नुपर्ने बस करिब एक घण्टा ढिला गरी छुट्यो। साँझ पाँच बजेतिर निसीखोला आइपुग्दासम्म गाडीको गति तीव्र भइसकेको थियो। पहाडी बाटोमा तीव्र गतिकै कारण बस दुर्घटनामा पर्यो’, धौलागिरी अस्पतालको आकस्मिक कक्षमा उपचाररत घाइते दशरथ नेपालीले सुनाए।









