News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
‘पुजार सार्की’ को इन्डक्ल्याप ४८ दिनमा

काठमाडौं— सुटिङ सुरु भएको ४८ औं दिनमा फिल्म ‘पुजार सार्की’को इन्डक्ल्याप गरिएको छ। फिल्मको कौडा गीत ‘दर्शन गरेँ हल्का निहुरेर’ को मंगलबार छायांकन पुरा गरेसँगै सुटिङ सकिएको हो।

गीतमा फिल्मका प्रमुख कलाकारहरू आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अन्जना बराइली र परीक्षा लिम्बू फीचर्ड छन्।

Prabhu Bank

फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बा, गोविन्दरमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ।

कास्कीको पोखरास्थित कास्कीकोट गाउँ र आसपास छायांकन गरिएको फिल्ममा विकास सुवेदीको लेखन छ ।

संगीतकार सुवास भुसालले निर्माण गरेको फिल्ममा भुसालकै संगीत, हर्क साउद, बी. पाण्डे, दिनेश राउत र गणेश शाहीको गीत, राजेश श्रेष्ठको डीओपी, सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र हिमाल केसीको द्वन्द्व छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १९:३३
Weather Update